Successfully Copied

ब्राइडल मुस्कान

वैवाहिक समारोहमा हुने अनेकौं रीतिरिवाज र संस्कारले बेहुलीलाई शारीरिक थकान महसुस गराउनु स्वाभाविक हो । यद्यपि बेहुली सुन्दर तथा आकर्षक देखिनु आवश्यक हुन्छ । यस्तो स्थितिमा बेहुलीको मुस्कानले आफ्नो सुन्दरता कायम राख्छ । परफेक्ट मुस्कानका लागि दाँत पनि परफेक्ट हुनुपर्छ ।

वैवाहिक समारोहमा हुने अनेकौं रीतिरिवाज र संस्कारले बेहुलीलाई शारीरिक थकान महसुस गराउनु स्वाभाविक हो । यद्यपि बेहुली सुन्दर तथा आकर्षक देखिनु आवश्यक हुन्छ । यस्तो स्थितिमा बेहुलीको मुस्कानले आफ्नो सुन्दरता कायम राख्छ । परफेक्ट मुस्कानका लागि दाँत पनि परफेक्ट हुनुपर्छ ।

दाँतमा ध्यान दिऔं

दन्त विज्ञहरूका अनुसार दिनमा कम्तीमा दुईपटक ब्रस गर्नुपर्छ र फ्लोराइडयुक्त

टुथपेस्टको प्रयोग राम्रो हुन्छ । राम्ररी ब्रस गर्नुपर्छ र दैनिक रूपमा डेन्टल फ्लस गर्नुपर्छ । सोडा, जुस तथा अन्य पेय पदार्थको सेवनलाई कम गर्नुपर्छ । खानासँग मिठाई खानु उचित हुन्छ । कारण यसले खाने समयमा मुखले अधिक मात्रामा र्‍याल बनाउँछ जसबाट एसिडको प्रोडक्सनले दाँतमा हुने प्रभाव कम हुन जान्छ । बढी पानी पिउनु दाँतका लागि लाभदायक मानिन्छ । धूम्रपान गर्नुहुँदैन । दन्त चिकित्सकसँग दाँतको नियमित जाँच गराउनुपर्छ र वर्षमा दुईपटक दाँत स्केलिङ गर्नुपर्छ ।

ट्रिटमेन्ट

अहिले बजारमा राम्रो मुस्कान प्राप्त गर्नका लागि अनेकौं ट्रिटमेन्ट उपलब्ध छन् । टिथ व्हाइटनिङ, ब्रेसेस, अलाइनर्स, क्राउन्स, ब्रेसेज आदि । समय–समयमा दाँतको क्लिनिङ गराउँदा दाँत तथा गिजा बलिया रहन्छन् । यी ट्रिटमेन्टसबाहेक अन्य कस्मेटिक ट्रिटमेन्स पनि उपलब्ध छन् जसको सहायताले आफ्नो मुस्कानलाई सुन्दर एवं आकर्षक बनाउन सकिन्छ ।

डाइटमा

विवाहमा बेहुलीको मुहारको सुन्दरता र त्यसमा पनि उनको मुस्कान अझ विशेष हुन्छ । त्यसैले विवाहपूर्व आफ्नो दाँतको ख्याल राख्नु आवश्यक छ । आफ्नो खानपानलाई दाँतको स्वास्थ्यअनुरूप बनाउनुपर्छ । चीज, हरियो सागपात, गाजर, केरा आदि कुरालाई आफ्नो भोजनमा समावेश गराउनुपर्दछ । यी कुराहरू दाँतको स्वास्थ्यका लागि लाभदायक हुन्छन् । मिठाईंबाहेक चिप्स, क्रेकर्स, कार्बोनेटेड ड्रिङ्क, ब्ल्याक कफी र अत्यधिक मात्रामा कागतीको सेवनबाट जोगिनुपर्दछ । यिनले तपाईं दाँतको रंगमा असर पार्छन् र दाँतको स्वास्थ्यमा पनि प्रभाव पर्छ । राम्रो मुस्कानका लागि स्वस्थ गिजाको भूमिका पनि महत्वपूर्ण हुन्छ । गिजालाई बलियो र गुलाफी बनाइराख्नका लागि फ्लस गर्नुका साथै एन्टिबेक्टेरियल माउथवासको प्रयोग पनि गर्नु उचित हुन्छ ।

 Image