Successfully Copied

गर्मी मौसममा उपयोगी तरकारी 

गर्मी मौसममा विभिन्न किसिमका खानेकुरा खानु भन्दा अगाडी सावधानी अपनाउनु पर्ने देखिन्छ । गर्मी मौसममा तपाईले आफुले खानेगरेको खानेकुराहरुमा यि खानेकुराहरुलाई नियमित समावेश गर्नु भयो भने तपाईको शरीर स्वस्थ्य हुनुका साथै तन्दुरुस्त समेत हुन्छन् । 

गर्मी मौसममा विभिन्न किसिमका खानेकुरा खानु भन्दा अगाडी सावधानी अपनाउनु पर्ने देखिन्छ । गर्मी मौसममा तपाईले आफुले खानेगरेको खानेकुराहरुमा यि खानेकुराहरुलाई नियमित समावेश गर्नु भयो भने तपाईको शरीर स्वस्थ्य हुनुका साथै तन्दुरुस्त समेत हुन्छन् । 

लौका र फर्सी 

फर्सी र लौकालाई गर्मी मौसममा खाने गर्दा पाचन क्रियामा समस्या भएकाहरुलाई धेरै लाभदायक हुन्छ । यसमा पोटासियम, सोडियम, भिटामिन सी साथै अन्य आवश्यक पोषक तत्व सहित प्रशस्त पानी हुन्छ । यसले तौल घटाउन पनि मद्दत गर्छ । 

घिरौंला

घिरौंला रगत शोधक फल मानिन्छ । यसमा रहेको फलाम, पोटासियम र भिटामिनले एनीमिया, रक्तचाप र मस्तिष्कको कार्यलाई ठीक गर्न मद्दत पुर्‍याउछ । 

काउली

काउलीले गर्मी मौसममा पाचनक्रियालाई मद्दत गर्छ । यसले कब्जियत हुनबाट पनि छुटकारा दिलाउँछ । यो फाइबर र पौष्टिक तत्वहरूले भरिपूर्ण भएको तरकारी मानिन्छ । 

काँचो आँप

यस मौसममा काँचो आँपको आगमन हुन्छ । यसको सेवन शरीरलाई धेरै लाभदायक मानिन्छ । यो मौसममा यसको अचार मात्र नभई थोरै मिस्रि राखेर जुस बनाई पिए मात्र पनि आफूलाई गर्मीवाट बचाउन सकिन्छ । 

पातयुक्त तरकारीहरू

हरियो पातभएका तरकारीहरू ग्रीष्म ऋतुमा कमै फेला पर्छ । तर तिनीहरूको प्रयोग यो मौसममा अत्यन्तै फाइदाजनक मानिन्छ । यसले शरीरमा भएको पानीको कमी र पौष्टिक अभावलाई पूर्ति गरेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । 

काँक्रो 

काँक्रो शरीरलाई लाभदायक फल मानिन्छ । यसको सेवनले शरीरमा पानीको मात्रालाई कमी हुन दिदैंन । यसको सेवनले शरीरमा चाहिने विभिन्न पोषकतत्वलाई समेत परिपूर्ति गर्ने गर्छ । 

गाजर र मुला

गाजर र मुलाको सेवनले शरीरमा शितलता प्रदान गर्छ । काँचो र पकाएर दुबै किसिमले खान मिल्ने गाजर र मुलामा पानीको मात्रा प्रशस्त हुन्छ । यसमा भएको विभिन्न तत्वले गर्मी मौसममा शितलता प्रदान गर्छ । यसको प्रयोग तरकारी, अचार र सलादको रुपमा बढी प्रयोग हुनेगर्छ । 

गोलभेंडा

गोलभेंडामा भिटामिन सि, मिनरल्सको मात्रा धेरै हुन्छ । यसले शरिरमा रोग प्रतिशोधात्म क्षमता बढाउन मद्धत गर्छ । यसमा भएका बिभिन्न तत्वहरुले शरिरलाई स्वस्थ र स्फूर्त राख्न मद्धत पुर्‍याउछ । 

प्रस्तुती: लक्ष्मी भण्डारी

 Image