घुम्न जानुअघि मौसम अनुकूल कपडा बोक्नुपर्छ ।
कुन ठाउँमा घुम्न जाने हो उक्त ठाउँका बारेमा विस्तृत जानकारी लिनुपर्छ ।
साथमा औषधि बोक्न बिर्सनुहुँदैन । जस्तै: अपच हुने समस्याका लागि, टाउको दुखेको, बान्ता रोक्ने, ओरल रिहाइड्रेसन आदि ।
यात्राका क्रममा फोनमा सेक्युरिटी एप्स डाउनलोड गर्नुपर्छ । जसले होटल तथा फ्लाइटसको जानकारीदेखि लिएर भाषा ट्रास्लेटसम्ममा मद्दत गर्छ ।
आफ्नो सामान कतै छुट्न सक्छ । त्यसैले सावधानी अपनाउनुपर्छ । कतिवटा लगेज छ, आफ्नो लगेजको रंग कस्तो छ ख्याल गर्नुपर्छ । कमन रंग भए रिबन वा अन्य केही चिन्हमार्फत आफ्नो लगेज छुट्याउन सकिन्छ ।
हवाई यात्रा गर्दा
हवाईजहाजबाट यात्रा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमध्ये एक हो, प्याकिङ । हवाई यात्रा गर्दा धेरै चीज बोक्न पाइँदैन । त्यसको जानकारी हुनु जरुरी हुन्छ । तनावमुक्त भएर यात्रा गर्न केही सामान बोक्नु आवश्यक हुन्छ जसले यात्रालाई सुखद् अनि स्मरणीय बनाउँछ ।
ब्यागमा हाइजेनिक वाइप्स बोक्न बिर्सनुहुँदैन । शौचालयको सिटमा हानिकारक ब्याक्टेरिया पनि हुन सक्छन् । वाइप्सका साथै हात सफा गर्न सेनिटाइजर पनि बोक्न सकिन्छ ।
आई मास्क र इयर प्लग बोक्न बिर्सनुहुँदैन । लामो यात्रा गर्दा पत्रिका र मनपर्ने पुस्तक बोक्न सकिन्छ ।
आवश्यक सामानहरू पहिले नै किनेर तयार राख्नुपर्छ । एयरपोर्टमा महँगो हुनसक्छ ।
मधुर संगीत सुन्दै यात्रा गर्नुको छुट्टै मज्जा छ । जब फ्लाइटमा अल्छी लाग्यो वा बोल्ने कोही भएन भने संगीत साथी बन्नसक्छ ।
विशेष गरी गर्दनको समस्या भएकाहरूले एउटा सानो सिरानी बोक्न सक्छन् । यसबाट लामो यात्रा गर्दा हुने गर्दनको पीडाबाट समेत जोगिन सकिन्छ ।
यात्रामा स्वस्थ र ताजा रहन
लामो यात्रा गर्दा अनुहारको चमक हराएर जान्छ । यात्राका क्रममा फ्रेस देखिन जरुरी हुन्छ ।
यात्राका क्रममा छालामा चमक देखाउन खानपानमा ध्यान दिनुपर्छ । समयमै खानुपर्छ । आफ्ना साथमा केही ड्राई फ्रुट पनि बोक्नुपर्छ ।
यात्रा गर्दा वा मेकअप गर्दा प्रदूषणले मेकअप खराब हुनसक्छ । त्यसैले हेभी मेकअप गर्नु हुँदैन ।
यात्राका क्रममा मोस्चराइजर लोसन साथमै राख्नुपर्छ । मोस्चराइजर लगाउँदा छाला सुख्खा हुन पाउँदैन ।
जहाँ गए पनि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीले शरीर स्वस्थ र अनुहार तरोताजा रहन्छ । शरीर हाइड्रेट हुँदा यात्राका क्रममा हुने थकान र टाउको दुखाइको सामना पनि गर्नुपर्दैन ।
यात्राका क्रममा पसिना तथा अनुहार सफा गर्न क्लिजिङ वाइप्स बोक्न बिर्सनुहुँदैन ।
स्वस्थ खाना, फलफूल तथा ताजा तरकारी बढी सेवन गनुपर्छ भने जंक फुडबाट टाढै रहनुपर्छ ।