विपत्मा जनधनको क्षति कम गर्ने उपाय
सबैभन्दा पहिले परिवारमा विपत्सम्बन्धी बैठक बस्ने । घरभित्रका सोफा, टेबल, दराज बलियो तरिकाले बाँध्ने ।
अहिलेको वातावरण प्रदूषणयुक्त छ । सन् २०१७ को प्रदूषण सर्वेक्षणअनुसार काठमाडौं संसारकै पाँचौं प्रदूषित सहरमा परेको थियो भने सन् २०१८ को सुरुवातमा भएको वातावरणीय सर्वेक्षणमा पनि नेपाल १ सय ८० मुलुकमध्ये सबैभन्दा तल परेको थियो । दैनिक नापिने सूर्यको किरणको रापले पनि काठमाडौंमा विकराल समस्या देखाएको छ ।
अहिले धूवाँ, धूलोका कारण नाक, कान, घाँटी तथा फोक्सोका बिरामी बढेको पल्मोनोलोजिस्ट डा. प्रकाश पौडेल बताउँछन् । बजारमा पाइने अधिंकाश मास्कले धूवाँ तथा धूलोका हानिकारक कण छेक्दैनन् । यसका लागि मेडिकेटेड मास्क लगाउनुपर्छ । औषधियुक्त मेडिकेटेड मास्कले आंशिक सुरक्षा प्रदान गर्छ । गुणस्तरीय मास्क एकदिन मात्र प्रयोग गर्नुपर्छ ।
अघिल्लो दिन लगाएको कपडाको मास्क भोलिपल्ट पनि लगाउने हो भने त्यसलाई राम्रोसँग धुनुपर्छ । मास्क लगाएको अवस्थामा हाछ्युँ आए त्यसबाट कीटाणु फैलने सम्भावना हुन्छ । त्यसैले माक्स सधैं सफा गरेर मात्र लगाउनुपर्छ ।