एक दिनमा तीनदेखि साढे तीन लिटर पानी पिउनुपर्छ । एक–एक घन्टामा एक–एक गिलास गरेर पिउनु उपयुक्त हुन्छ ।
सम्भव भए बिहान नभए दिनको कुनै पनि समयमा एक घन्टा व्यायाम गर्नुपर्छ ।
सबै प्रकारका अन्न जस्तो गहुँ, मकै, जौ, कोदो, फापर आदि समावेश भएका खाना खानुपर्छ ।
सबै किसिमका दाल तथा गेडागुडी अर्थात् प्रोटिनयुक्त खाना खानुपर्छ ।
हरिया सागपात तथा सबै किसिमका तरकारी पनि शरीरका लागि लाभदायक हुन्छन् ।
खानामा माछा–मासु तथा अण्डालाई समावेश गर्नु वेश हुन्छ । यी हाम्रो शरीरका लागि फलदायक प्रोटिन हुन् ।
मौसमअनुसारका फलफूल खानुपर्छ ।
खानामा थोरै मात्रामा चिल्लो समेत प्रयोग गर्नु शरीरका लागि फाइदाजनक हुन्छ ।
प्रत्येक दिन दूध तथा दूधबाट बनेका परिकार खानुपर्छ ।
ग्रान्डी इन्टरनेसनल हस्पिटल