Successfully Copied

घरैमा आफैं दुलही सजिन

आफ्नो छालाको प्रकृति अनुसार सुहाउंदो मेकअपको अवधारणा अगावै बनाउनु पर्छ । शुरुमा फेसवास गरी मोश्चराइजर, सनब्लक, प्राइमर लगाएर कन्सिलरको साहायताले सेप निकाल्दै फाउण्डेशन  लगाइसकेपछि कम्प्याक्ट पाउडर लगाइ गुणस्तरीय ब्राण्डको ब्रसले ब्लेण्ड गर्दै जानुपर्छ । जुन काम दुलही आफैंले गर्न सक्छिन् ।

–अहिले प्रबिधि, सोसल मिडिया र सौन्दर्य प्रसाधनको सहज उपलब्धताले हरेक कुरा सरल बनाएको छ ।

–उहिले दुलही सजिनका लागी हप्तादिन अघि देखीको तयारी हुने गर्थ्यो । अघिल्लो दिनै व्युटीपार्लर गएर मेकअपका लागी पुर्व तयारी गर्नुपर्थ्यो । भोलिपल्ट घण्टौं लगाएर मेकअप गरिन्थ्यो ।

–अहिले हरेक सामाग्री बजारमा सजिलै उपलब्ध छन् । युट्युवद्धारा अध्ययन गरेर वा हेर्दा हेर्दै फनि छोटो समयमै घरमै दुलही श्रुंगार गर्न सकिन्छ । 

–कपालका लागी दुलही आफैंले रोलरको सहायताले जुरो बनाएर क्राउन लगाउन सक्छन् ।

–आफ्नो छालाको प्रकृति अनुसार सुहाउंदो मेकअपको अवधारणा अगावै बनाउनु पर्छ । शुरुमा फेसवास गरी मोश्चराइजर, सनब्लक, प्राइमर लगाएर कन्सिलरको साहायताले सेप निकाल्दै फाउण्डेशन  लगाइसकेपछि कम्प्याक्ट पाउडर लगाइ गुणस्तरीय ब्राण्डको ब्रसले ब्लेण्ड गर्दै जानुपर्छ । जुन काम दुलही आफैंले गर्न सक्छिन् ।

–आइमेकअपमा कन्सिलर, फाउण्डेसन, पहिरन सुंहाउंदो आइस्याडो, गाजल, मस्कारा र आइल्यासेस प्रयोग गर्दा आंखाको सौन्दर्य बढ्छ ।

–लिपमेकअप गर्दा सर्वप्रथम ओठमा हल्का फाउडेशन लगाई लाइनरको सहायताले लिप लाइन बनाउनु पर्छ । यसो गर्दा लिपलाइन डार्क या कालो पेन्सिल प्रयोग गर्नु हुदैन् । जुन कलरको लिपस्टिक हो उही कलरको लाइनरले डार्क लाइन कोर्नुपर्छ जसले नेचुरल लुक्स दिन्छ । त्यस लिप ब्रसको सहायताले ओठमो समग्र भागमा लिपस्टिक फैलाउंदै जानुपर्छ । 

–अन्त्यमा फिनिसिङका लागी ब्रसको सहायताले व्लेण्ड गर्दै जनुपर्छ । यत्ति गर्दा पनि दुलहीमा पुर्ण प्रोफेशनल मेकअप लुक्स आउंछ ।  

 Image