कस्तो मास्क लगाउने ?
बजारमा पाइने अधिंकाश मास्कले धूवाँ तथा धूलोका हानिकारक कण छेक्दैनन् । यसका लागि मेडिकेटेड मास्क लगाउनुपर्छ । औषधियुक्त मेडिकेटेड मास्कले आंशिक सुरक्षा प्रदान गर्छ । गुणस्तरीय मास्क एकदिन मात्र प्रयोग गर्नुपर्छ ।
- चोखो, सफा तथा सजिलो पहिरन लगाउनुपर्छ । भजन, पूजा, जप आदि गर्दा पहिरनमै ध्यान गएर एकाग्रता भङ्ग हुने खालका पहिरन लगाउनु हुँदैन ।
- धेरै महँगो वा अरूको ध्यान आफूतिर तान्ने भड्किलो पहिरन लगाउनुहुँदैन ।
- मौसमअनुसार हल्का, न्यानो तथा सुहाउँदो ढंगले शरीर छोप्ने पहिरन लगाउनुपर्छ । अनावश्यक रूपमा पहिरन प्रदर्शन गर्नुहुँदैन ।
- कम खर्चमा पनि राम्रो एवं सजिलो पहिरन लगाए सुन्दर देखिन सकिन्छ ।
- पर्वअनुसार पहिरनको रंग चयन गर्नुपर्छ भने हल्का गहना लगाउन सकिन्छ । सेमी प्रिसियस अथवा नक्कली गहना लगाएर भीडमा जाँदा सुरक्षित भइन्छ ।
- भीडभाड अर्थात् मेलापातमा सहभागी हुँदा महँगा गहना लगाउनुहुँदैन ।
- तीजका बेला धेरै लामो वा छोटो पहिरन लगाउनुहुँदैन । रातो, गुलाबी, सुन्तला तथा कलेजी तीजमा प्रयोग हुने रंग हुन् ।