पुरुषका लागि छालाको हेरचाह
हप्तामा एकपटक छालालाई स्क्रब गरेर मृतकोशिका हटाउनुपर्छ । यसले छाला मुलायम तथा सुन्दर बनाउँछ । घाममा निस्कनुभन्दा पहिले अनुहारमा सनस्किन क्रिम लगाउनुफर्छ । घाममा बढी बस्दा समय–समयमा सनस्क्रिन त्रिम लगाउनुपर्छ ।

– स्वस्थ जीवनयापनका लागि सबैजना उत्तिकै जागरुक हुनुपर्छ ।
– बालबालिकाहरूलाई घरको भन्दा बाहिरको खाना (जंकफुड) मन पर्ने भएकाले सन्तुलित आहारको कमी हुन सक्छ । उनीहरूमा मिनरल्स, क्याल्सियम तथा आइरनको कमी देखापर्न सक्छ ।
– ५ वर्षको उमेरपछि बालिबालिकाको एनिमिया तथा शरीरमा रगतको मात्रा कति छ भनेर हेमोग्लोबिन जाँच गराउनु जरुरी हुन्छ ।
–४० वर्ष पुगेकाहरूले वर्षको एकपटक मृगौला परीक्षण गराउनुपर्छ । मधुमेह तथा उच्च रक्तचापका बिरामीले नियमित रूपमा मृगौला जाँच गराउनु आवश्यक छ ।
–महिलामा मेनापजअघि मुटु रोग लाग्ने सम्भावना कमै हुने भए पनि मेनापजपछि भने नियमित रूपमा मुटुको जाँच गराउनुपर्छ ।