भान्छाः घरेलु उपचारको केन्द्र !
आफ्नो भान्सामा उपलब्ध सामग्रीको प्रयोग गर्न जानियो भने सानोतिनो स्वास्थ्य समस्याका लागि एलोपेथिक औषधि सेवन गर्नु पर्दैन, अस्पताल धाउनु पर्दैन ।
- गर्मी महिनामा यसै पनि बाहिरी धूलो, धूवाँ एवं प्रदूषणले केशमा प्रभाव पारिरहेको हुन्छ ।
- घरबाहिर हिँड्दा भरसक केश खुल्ला छोड्नु हुँदैन ।
- अत्यधिक घाम एवं हावाहुरीका कारण सिर्जित प्रदूषण तथा धूलोका कण केशका लागि शत्रु नै हुन् ।
- तातोपानीले केश धुँदा टुक्रिने, सुख्खा हुने, झर्ने आदि अनेकौं समस्या उत्पन्न हुन्छन् ।
- गर्मी मौसममा केशलाई स्वस्थ एवं आकर्षक बनाउन साप्ताहिक वा मासिक रूपमा दुई पटक मेथी तथा अण्डाको सेतो भाग वा अमलाको हेयर प्याक लगाउन सकिन्छ ।
- गर्मी मौसममा केही दिनको अन्तरालमा हेयर ट्रिटमेन्ट गराइरहनुपर्छ ।
- यतिबेला दिनहुँ केश धुनु उपयुक्त हुन्छ ।
स्टाइल ब्युटी पार्लर
बौद्ध, तीनचुली