टिनएजर्सका लागि सपिङ टिप्स
छोरीका लागि किनमेलमा जानुभन्दा पहिले घरमा के–कस्ता खालका पहिरन छन् जाँच्ने । यसका साथमा उनको रोजाइ पनि जान्नु आवश्यक छ । टिनएजर्सका लागि कति मूल्यसम्मको सामान लिने हो त्यसको योजना बनाउनुपर्छ ।

जाडोमा छालामा बढी सुख्खापन देखापर्छ । यस्तो अवस्थामा छालामा विभिन्न समस्या सिर्जना हुन्छन् ।
जाडोमा ओठ तथा अनुहारको छाला फुट्ने, कुर्कुच्चा फुट्ने, हातखुट्टा फुट्ने आदि समस्याले धेरैलाई सताउँछ ।
यस्ता समस्याबाट जोगिने विभिन्न उपाय छन् ।
दूधको तरमा मह मिसाएर राति सुत्नुअघि ओठमा लगाउँदा फुटेको ओठ ठीक हुन्छ ।
दिनभरिको कामको थकानपछि बेलुका मनतातो पानीमा खुट्टा डुबाएर केहीबेरपछि सफा टाबलले पुछ्ने । सुख्खा भएपछि ग्लिसरिनले हल्का मसाज गर्ने । यसो गर्दा कुर्कुच्चा फुट्दैन ।
राति सुत्नुअघि हातखुट्टा धोएर ग्लिसरिनमा कागतीको रस मिसाएर लगाउँदा खुट्टा फुटेको बिसेक हुन्छ ।
-मञ्जु कार्की, सौन्दर्यकर्मी, ग्ल्यामर ब्युटी स्कुल