विद्यालय छनोट गर्दा
हरेक बालबालिकामा फरक खुबी र क्षमता हुन्छ । कसैमा लेख्ने–पढ्ने त कसैमा चित्रकला, संगीत, नृत्य आदि विविध खुबी हुन्छन् । यी सबै कला प्रस्फुटनमा उत्प्रेरित गर्ने विद्यालय बालबालिकाका लागि उत्तम ठहरिन्छन् ।

- ग्याँस चुलो बाल्दा विशेष सावधानी अपनाउनुपर्छ । ग्याँसको पाइप प्वाल परेको छ– छैन बेला–बेलामा चेक गर्नुपर्छ ।
- सिलिन्डर रित्तिएपछि सिलिन्डरलाई हल्लाएर वा घोप्टो पारेर प्रयोग गर्नु हुँदैन ।
- ग्याँसको लेभल हेर्न तथा लिकेज भए–नभएको थाहा पाउन बजारमा उपलब्ध ग्याँस सेफ्टी डिभाइस प्रयोग गर्न सकिन्छ ।
- ग्याँस सिलिन्डरमा सकेसम्म नयाँ प्रविधि प्रयोग गरिएको रेगुलेटर प्रयोग गर्नुपर्छ ।
- अहिले बजारमा उपलब्ध विभिन्न रेगुलेटरमध्ये अस्ट्रेलियन प्रविधिको ग्याँस सेफ्टी डिभाइसले ग्याँस ब्लक हुँदा, प्रेसरकुकर पड्किदा, पाइपमा प्वाल परेको अवस्थामा अटोमेटिक अफ भएर सम्भावित दुर्घटनाबाट जोगाउने दाबी गरिएको छ ।