कम्मरका लागि व्यायाम
सीधा उभिएर दुवै हातले कम्मरमा समाएर पछाडि झुक्ने प्रयास गर्ने । यो व्यायाम पनि दिनको दस पटक गर्नुपर्छ । यसबाट कम्मर, काँध तथा घाँटीको पीडामा पनि आराम मिल्छ ।
- ग्याँस चुलो बाल्दा विशेष सावधानी अपनाउनुपर्छ । ग्याँसको पाइप प्वाल परेको छ– छैन बेला–बेलामा चेक गर्नुपर्छ ।
- सिलिन्डर रित्तिएपछि सिलिन्डरलाई हल्लाएर वा घोप्टो पारेर प्रयोग गर्नु हुँदैन ।
- ग्याँसको लेभल हेर्न तथा लिकेज भए–नभएको थाहा पाउन बजारमा उपलब्ध ग्याँस सेफ्टी डिभाइस प्रयोग गर्न सकिन्छ ।
- ग्याँस सिलिन्डरमा सकेसम्म नयाँ प्रविधि प्रयोग गरिएको रेगुलेटर प्रयोग गर्नुपर्छ ।
- अहिले बजारमा उपलब्ध विभिन्न रेगुलेटरमध्ये अस्ट्रेलियन प्रविधिको ग्याँस सेफ्टी डिभाइसले ग्याँस ब्लक हुँदा, प्रेसरकुकर पड्किदा, पाइपमा प्वाल परेको अवस्थामा अटोमेटिक अफ भएर सम्भावित दुर्घटनाबाट जोगाउने दाबी गरिएको छ ।