पुरुषका लागि छालाको हेरचाह
हप्तामा एकपटक छालालाई स्क्रब गरेर मृतकोशिका हटाउनुपर्छ । यसले छाला मुलायम तथा सुन्दर बनाउँछ । घाममा निस्कनुभन्दा पहिले अनुहारमा सनस्किन क्रिम लगाउनुफर्छ । घाममा बढी बस्दा समय–समयमा सनस्क्रिन त्रिम लगाउनुपर्छ ।
- केश लगातार झर्नुको एउटा कारण स्याम्पु पनि हुन सक्छ । कतिपय मानिसको केशले केही केमिकलयुक्त स्याम्पु सहन सक्दैन । त्यसकारण कुनै स्याम्पुले नुहाउँदा केश झरिरहेको छ भने तत्काल स्याम्पु परिवर्तन गर्नु बुद्धिमानी हुन्छ ।
- हामी केश धेरै पटक धुन्छौँ, तर आवश्यकताभन्दा बढी नुहाउँदा केशमा हुने प्राकृतिक तेललाई हानि पुग्छ, जसले गर्दा केश फुस्रो हुन्छ । फुस्रो केश चाँडै टुट्छ वा झर्छ ।
- केश धुँदा टाउकोमा पर्न सक्ने असरका बारेमा पनि सचेत हुनुपर्छ । केश धोइसकेपछि राम्रो तेलले टाउको मालिस गर्नुपर्छ ।
- केश धोएपछि कन्डिसनर लगाउन बिर्सनु हुँदैन । कन्डिसनरले केशको चमक बढाउनुका साथै त्यसलाई फुस्रो पनि हुन दिँदैन ।