कस्तो मास्क लगाउने ?
बजारमा पाइने अधिंकाश मास्कले धूवाँ तथा धूलोका हानिकारक कण छेक्दैनन् । यसका लागि मेडिकेटेड मास्क लगाउनुपर्छ । औषधियुक्त मेडिकेटेड मास्कले आंशिक सुरक्षा प्रदान गर्छ । गुणस्तरीय मास्क एकदिन मात्र प्रयोग गर्नुपर्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2019/health/Maksa-15122019010557.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2019/health/Maksa-15122019010557.jpg&w=1000&height=600)
इन्टरनेट र ग्लोबलाइजेसनको यो जमानामा व्यस्तताले गर्दा मानिसहरूसँग आफूलाई खुसी राख्ने, इन्जोय गर्ने समयको अभाव हुन थालेको छ । हरेक क्षण दिमागमा काम मात्र हाबी हुन थालेको छ । त्यसकै कारण तनाव, अनिद्रा, टाउको दुखाइका अतिरिक्त चरम थकान आदि समस्या उत्पन्न हुँदै गएका छन् । विशेष इच्छा राख्ने हो भने आफ्नो व्यस्त समयसँगै इन्जोय गर्न सकिन्छ । दैनिक बिहान नुहाउनु नित्य कर्मभित्र पर्ने भएकाले यो अवसरमा पर्याप्त इन्जोय गर्न सकिन्छ ।
- आफ्नो पार्टनरसँगै बाथरुम छिर्नुहोस् तपाईंले सांसारिक आनन्द प्राप्त गर्न सक्नुहुनेछ । यतिबेला आपसमा मीठा वार्तालाप गर्दै ठट्यौलीमा रम्न सकिन्छ ।
- आफ्नो सानो शिशुलाई नुहाइदिँदै हुनुहुन्छ भने उक्त पललाई पनि आनन्ददायक बनाउन सकिन्छ । शिशुसँग कुराकानी गर्दा ऊ मुस्कुराउँछ अनि आफू खुलेर हाँस्न सकिन्छ । यस्तो बेला बालबालिकासँग सम्बन्धित कुनै गीत बजाउन सकिन्छ । यी कुराहरूमा ध्यान दिँदा तनाव क्षणभरमै कम हुन्छ ।
- छिटो नुहाउने बानी छ भने केही समय लिनुहोस् । संगीतको मज्जा लिँदै शरीरका विभिन्न अंगमा हल्का मसाज गर्दै नुहाउनुहोस् । यसले शरीरलाई स्फुर्त बनाउनुका साथै सन्तुष्टि पनि प्राप्त हुन्छ र शरीरलाई आराम मिल्छ जुन तनाव र थकान कम गर्न सहयोगी सिद्ध हुन्छ ।