पुरुषका लागि छालाको हेरचाह
हप्तामा एकपटक छालालाई स्क्रब गरेर मृतकोशिका हटाउनुपर्छ । यसले छाला मुलायम तथा सुन्दर बनाउँछ । घाममा निस्कनुभन्दा पहिले अनुहारमा सनस्किन क्रिम लगाउनुफर्छ । घाममा बढी बस्दा समय–समयमा सनस्क्रिन त्रिम लगाउनुपर्छ ।
- मसाज शरीरलाई स्वस्थ राख्ने पहिलो क्रियाकलाप हो ।
- परापूर्वकालदेखि नै यसलाई जुनसुकै रोगको प्राथमिक उपचार मानिँदै आएको पाइन्छ ।
- मसाजले मांसपेशी बलियो एवं दह्रो बनाउने तथा रक्त संचालन सुचारु ढंगले गराउने काम गर्छ ।
- समय–समयमा गरिने मसाजले उच्चरक्तचाप, मधुमेह, मुटुको रोग, थाइराइडजस्ता स्वास्थ्य समस्याबाट जोगाउने काम गर्छ ।
- मसाजद्वारा शारीरिक एवं मानसिक आनन्द प्राप्त गर्न सकिन्छ शरीर स्वस्थ, सिर्जनशील एवं पृथक् क्षमतायुक्त हुन्छ ।