चश्माको स्याहार कसरी गर्ने ?
चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्सले भुइँ छुने गरी होइन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउँदा धमिलो देखिन्छ ।
-सुनीता तामाङ
मसाज थेरापिस्ट, आयुष अस्पताल
- मसाज शरीरलाई स्वस्थ राख्ने पहिलो क्रियाकलाप हो ।
- परापूर्वकालदेखि नै यसलाई जुनसुकै रोगको प्राथमिक उपचार मानिँदै
आएको पाइन्छ ।
- मसाजले मांसपेशी बलियो एवं दह्रो बनाउने तथा रक्त संचालन सुचारु ढंगले गराउने काम गर्छ ।
- समय–समयमा गरिने मसाजले उच्चरक्तचाप, मधुमेह, मुटुको रोग, थाइराइडजस्ता स्वास्थ्य समस्याबाट जोगाउने काम गर्छ ।
- मसाजद्वारा शारीरिक एवं मानसिक आनन्द प्राप्त गर्न सकिन्छ शरीर स्वस्थ, सिर्जनशील एवं पृथक् क्षमतायुक्त हुन्छ ।