केशको हेरचाह
केश बढ्नु–घट्नुमा हामीले प्रयोग गर्ने स्याम्पु तथा कन्डिसनर पनि जिम्मेवार हुन्छ । प्रयोग गरिरहेको स्याम्पु तथा कन्डिसनरका कारण केश झरेको छ भने तुरुन्तै परिवर्तन गर्नुपर्छ ।
- ऋतु शर्मा ब्युटीसियन
कपाल राम्रो बनाउने सबैमा रहर हुन्छ । कपाल राम्रो देखिदा मान्छेको पर्सनालिटी र फिगर पनि राम्रो हुन्छ । त्यसकारण हरेकलाई यसको रहर हुनु स्वभाविक पनि हो । तर कपालमा कलर गर्नु अघि निम्म कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
- कपाल कलर गरिसकेपछि आफैले ओइल मसाज गर्ने गर्नु पर्छ ।
- कपालमा कलर पछि ट्रिटमेन्ट क्रिम लगाउन बिर्सियो भने पनि कपाल बिग्रने सम्भावना हुन्छ ।
कलर लगाउँदा राम्रो ब्राण्ड र क्वालिटीको कलर प्रयोग गर्नु पर्छ ।
- कलर लगाएर मात्रै कपाल राम्रो हुने होईन, त्यसैले हप्ता हप्तामा कपालको हाँगा काट्नु पर्छ । १५ दिन एक महिनाको समयान्तरमा मेहन्दी लगाउनु पर्छ ।
- कपाल कलर गरेपछि छिटोछिटो धुनु हुँदैन । त्यसो गरेमा कपालको कलर छिट्टै फिका हुनसक्छ ।
कलर गरेर कपाल पखाल्दा चिसो पानीको प्रयोग गर्नु पर्छ । तातो पानीले धेरै कलर जान्छ ।