रमिता झ्यारी मगर श्रेष्ठ, संचालक, बक्सिङ फिटनेस सेन्टर, चन्डोल
- गर्मीमा बाहिरको धूलो–धूवाँका कारण केशमा नकारात्मक असर पर्ने हुँदा यो समयमा केशको मामिलामा निकै सजग हुनु जरुरी छ ।
- केशलाई मुख्यत: घाम तथा प्रदूषणबाट जोगाउनुपर्छ ।
- दिन बिराएर राम्रो ब्रान्डको स्याम्पु तथा कन्डिसनिङ प्रयोग गर्नुपर्छ ।
- साप्ताहिक रूपमा ओयल मसाज गराउनुपर्छ ।
- कलर लगाइएको केशलाई महिनामा दुईपटक वा मासिक रूपमा हेयर ट्रिटमेन्ट चाहिन्छ ।
- केशलाई मुलायम एवं चम्किलो राख्न यसको विशेष हेरचाह गर्नुपर्छ । घरेलु उपचारमा मेथी वा अण्डाको प्याक लगाउने अथवा अन्य हर्बल प्याक समय बिराएर लगाइरहनुपर्छ जसले केशलाई जरैदेखि बलियो बनाई आकर्षक लुक्स दिन्छ ।