Successfully Copied

छुट्टी मनाउन जानुअघि

गर्मी महिना वा नयाँ वर्षजस्ता अवसरमा धेरैको छुट्टी मनाउन जाने योजना बन्छ ।

नविना घिमिरे, म्यानेजर, मातृभूभि ट्राभल

  • गर्मी महिना वा नयाँ वर्षजस्ता अवसरमा धेरैको छुट्टी मनाउन जाने योजना बन्छ ।
  • जान त जाने तर कुन ठाउँमा जाने र कसरी जाने भन्ने विषयमा धेरैलाई जानकारी नहुन सक्छ ।
  • छुट्टी मनाउन जानुअघि पूर्वयोजना बनाउनुपर्छ । आफ्नो बिदाको समयसीमा, बजेट, परिवारका कतिजना सदस्य जाने हो तथा कुन ठाउँ जाने हो सबै आफ्नो योजनाभित्र पर्छन् । 
  • भ्रमणमा निस्कनुअघि ट्राभल डकुमेन्ट, ट्राभल टिकेटिङ, ट्राभल चेकजस्ता कागजात बनाउनुपर्छ । बालबालिकालाई सँगै लिएर जाने हो भने उनीहरूको पासपोर्टलगायत अन्य ट्राभल कागजातको पूर्वतयारी हुनुपर्छ ।
  • यात्रामा निस्कनुअघि आफू जाने ठाउँको मौसम, खानपान, रहनसहन, वातावरण एवं संस्कारअनुसार उपयुक्त पहिरनलगायत आफूलाई आवश्यक पर्ने सामग्री बोक्न बिर्सनु हुँदैन । 

 Image