महिनावारी भएका बेला के गर्ने ?
ताजा फलफूल बढी खानुहोस् । यसमा भएको भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित खानुपर्छ ।
फूलले सबैको मन लोभ्याउँछ । त्यसैगरी घर वरिपरि हरियाली भए आनन्द महसुस गर्न सकिन्छ । घर वरिपरि फूल, बगैंचा भए वातावरण नै रमणीय हुन्छ । यसले गर्दा घरमा बस्ने मानिसलाई पनि रमाइलो हुन्छ । ब्रिटेनमा गरिएको अध्ययनबाट यो कुरा पत्ता लागेको हो । अध्ययनका क्रममा घर वरिपरि बगैंचा तथा फूल हुने मानिस धेरै खुसी रहेको पाइएको थियो । यस्ता मानिस सन्तुष्टि पनि देखिए । त्यसैले मानसिक स्वास्थ्यलाई पनि ध्यान राख्दै घर वरिपरि खाली ठाउँमा फूल रोपेर हरियाली बनाउन सकिन्छ ।