पहिरन किनमेल
- जाडोमा पहिरन छनोट गर्दा धेरैलाई अलमल हुनसक्छ ।
- कतिपयलाई जाडोका पहिरनले सेक्सी र ग्ल्यामरस लुक्स दिँदैन कि भन्ने चिन्ता पनि हुन्छ ।
- जाडोका पहिरन बाक्ला र ताता मात्र भएर हुँदैन । आफ्नो शरीर मिल्दो र आकर्षक लुक्स दिने पहिरन रोज्नु नै सही छनोट हो ।
- पहिरन किन्दा शारीरिक बनावट, छालाको रंग, उचाइ आदिमा विशेष ध्यान पुर्याउनुपर्छ ।
- जाडोमा क्लोज सुजमा जिन्सका साथ सर्ट कोर्ट र लङ बुट वा हिलमा लङ कोर्ट राम्रो देखिन्छ ।
- फर भएका ज्याकेटले पनि स्टाइलिस्ट लुक्स दिन्छन् ।
रुक्मिणी थापा, रुडसेक,
चौथो तल्ला, काठमाडौं मल
हेयर केयर
- जाडो मौसममा छाला सुख्खा हुने हुँदा केश पनि अस्वस्थ हुन्छ ।
- जाडोमा चिसोका कारण केश झर्ने, हाँगा फाट्ने, बढी सुख्खा भएर फुस्रो देखिनेजस्ता समस्या देखापर्छन् ।
- यस्तो मौसममा पनि केशलाई स्वस्थ, मुलायम एवं चम्किलो राख्न हप्तामा एकपटक तेलले मसाज गराउनुपर्छ ।
- केशमा मेथीको धूलो, अमला पाउडरमा कोकोनट आयल मिसाइएको प्याक लगाउनुपर्छ ।
- जसले केशलाई आकर्षक मात्र नभएर मुलायम र गह्रौं बनाउँछ ।
- केशको सुरक्षाका लागि स्याम्पु गरिसकेपछि हेयर ट्रिटमेन्ट क्रिम लगाएर १०मिनेट त्यत्तिकै रहन दिई सफा पानीले पखाल्नुपर्छ । यसो गर्दा केशको गुणस्तर वृद्धि हुँदै जान्छ ।
शर्मिला मुनिकार, ब्युटिसियन,
ज्यास्मिन ब्युटिपार्लर, सिद्धार्थ वनस्थली
जाडोमा फेसियल
- जाडो मौसममा छाला सुख्खा हुन्छ । यो मौसममा छालालाई सकेसम्म बढी नरम र मुलायम बनाउने काममा ध्यान दिनुपर्छ ।
- फेसियलले मुहारको छालालाई नरम बनाउने मात्र होइन चम्किलो र चित्ताकर्षकसमेत बनाउन मद्दत पुर्याउँछ ।
- जाडो मौसममा सकेसम्म सातामा नभए महिनामा दुई पटक फेसियल गराउनु उपयुक्त हुन्छ ।
- जाडोमा नेचुरल फ्रुट फेसियल, गोल्ड फेसियल वा मोस्चरयुक्त फेसियल गर्नु राम्रो हुन्छ ।
- घरमै फेसियल गर्दा पर्याप्त मात्रामा क्लिन्जिङ मिल्क प्रयोग गरी अनुहारमा लामो समयसम्म मसाज गरे छाला सुख्खा भै चाउरी पर्ने, फुट्नेजस्ता समस्या कम हुन्छन् ।
पम्फा पहारी, ब्युटिसियन,
डायनामिक ब्युटि सलुन एण्ड
इष्टिच्युट, पोखरा
सूप तयार पार्दा
जाडोमा सूपको सेवन विभिन्न दृष्टिले उपयुक्त हुन्छ ।विशेषत: खसीको हड्डीको सूप यो मौसममा सबैलेरुचाउने परिकार हो ।
- यो सूप तयार पार्न सर्वप्रथम खसीको मासुबाट नली खुट्टालाई छुट्याउनुपर्छ । मासु ताछेर रहेको नली खुट्टासहितको अन्य हड्डीलाई मसलाभित्र पस्ने गरी मोलेर केही समय त्यत्तिकै छोडिदिने ।
- ढलौटको कसौंडीमा मधुरो आँचमा पकाइएको सूप तिख्खर हुन्छ ।यसलाई अझ स्वादिष्ट बनाउन माथिबाट धनियाँको पात गार्नेस गर्न सकिन्छ ।
नीतिका भण्डारी, निर्देशक
बाजेको सेकुवा