तीजको व्रतमा अक्सर महिलाहरू केही नखाई बस्नुपर्छ भन्ने प्रचलित मान्यताअनुसार चल्छन् तर निराहार व्रत बस्दा शरीरलाई असर पर्ने भएकाले हलुका खाना खानु उपयुक्त हुन्छ ।
तीजको अघिल्लो दिन खाइने दरमा पनि विशेष ध्यान पुर्याउनुपर्छ । बढी चिल्लो, पिरो तथा सुख्खा खाना खाइएको छ भने व्रतको दिन असहज हुन्छ ।
व्रतको दिन निराहार बस्दा बेहोस हुने, रिंगटा लागेर ढल्ने समस्या आइपर्ने भएकाले बिहानको आरती वा पूजा सकिएपछि काँडापानी, दूध वा जुस खाए दिनभर व्रत बस्न गार्हो हुुँदैन ।
बेलुकीको आरती गरेपछि फलफूल, जुस वा आफूलाई मन लागेको कुनै सात्विक भोजन ग्रहण गर्न सकिन्छ ।
बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ ।