कसिलो ब्रा लगाउँदा
लामो समयसम्म कस्सिएको ब्रा लगाउँदा काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ । जुन चिलाउनुका साथै पोल्ने प्रकृतिको हुन्छ ।
धेरै मानिसको बानी ट्वाइलेटमा पत्रपत्रिका वा पुस्तक पढ्ने हुन्छ । यसैगरी उक्त समयमा ट्वाइलेटमा मोबाइल लिएर जाने बानी पनि धेरैमा हुन्छ । ट्वाइलेटमा बस्दाबस्दै टाढा बस्ने साथीसँग भाइबर तथा फेसबुकमा कुराकानी गर्ने तथा म्यासेज पठाउने बानी पनि कतिपयमा हुन्छ । एक शोधले यस्तो बानीलाई गलत बताएको छ किनभने यसो गर्दा फोनमा किटाणु प्रवेश गर्नसक्छन् । पछि तिनै किटाणु शरीरमा प्रवेश गर्छन् । साबुनले हात धोए पनि मोबाइल धुन सकिँदैन । त्यसैले विज्ञहरू ट्वाइलेटमा मोबाइल लान नहुने जिकिर गर्छन् ।