Successfully Copied

पर्दा छनोट गर्ने टिप्स

झ्यालमा पर्दा लगाउँदा भित्ता, फर्निचर, कार्पेट र पर्दाको बीचमा राम्रो तालमेल हुनुपर्छ । दिउँसो पर्दा पूरै फैलाउनुको साटो राम्रोसँग बाँध्नुपर्छ । कोठामा कडा घाम आए गाढा रंगको कटनको पर्दा छनोट गर्नुपर्छ ।

झ्यालमा पर्दा लगाउँदा भित्ता, फर्निचर, कार्पेट र पर्दाको बीचमा राम्रो तालमेल हुनुपर्छ । 

दिउँसो पर्दा पूरै फैलाउनुको साटो राम्रोसँग बाँध्नुपर्छ । 

कोठामा कडा घाम आए गाढा रंगको कटनको पर्दा छनोट गर्नुपर्छ । 

कोठामा पर्याप्त प्रकाश नआए हलुका रंगको पर्दा प्रयोग गर्नुपर्छ । 

पर्दाको सफाइ 

खाना बनाउँदा, धूवाँ, धूलो आदिले कोठाको पर्दा फोहोर बनाउँछ । यसले पर्दाको सुन्दरता कम गराउँछ । त्यसैले घरमा सफा पर्दा प्रयोगमा ल्याउनुपर्छ । 

पर्दा हातले सफा गर्नुपर्छ अनि मात्र पर्दाको सुन्दरता कायम राख्न सकिन्छ । 

पर्दालाई ब्रसले सफा गर्नु हुँदैन ब्रसले सफा गर्दा यसमा भुवा आउँछ । 

पर्दाहरूलाई एकसाथ भिजाउँदा रंग सर्ने सम्भावना रहन्छ । 

पर्दा धुँदा साबुनसँगै फेब्रिक सफ्टनर प्रयोग गर्नुपर्छ । 

हलुका फेब्रिक भएको पर्दा सफा गर्न भ्याक्युम क्लिनर प्रयोग गर्न सकिन्छ । 

पर्दा सफा गर्दा रिङलाई पनि सफा गर्नुपर्छ । 

कटनको पर्दालाई वासिङ मेसिनमा धुन सकिन्छ ।

 Image