Successfully Copied

पसिनाको गन्धबाट बचौं

यदि तपाईंले कटस्लिभ लगाउनुभएको छ र तपाईंको शरीरबाट पसिनाको गन्ध आइरहेको छ भने त्यसलाई पहिले हटाउनु आवश्यक छ ।

यदि तपाईंले कटस्लिभ लगाउनुभएको छ र तपाईंको शरीरबाट पसिनाको गन्ध आइरहेको छ भने त्यसलाई पहिले हटाउनु आवश्यक छ । काखीको गन्ध हटाउन नुहाउँदा पानीमा कागती वा सुन्तलाको बोक्रा हाल्नुपर्छ । यसबाट अधिक समयसम्म फ्रेसनेस बनिरहन्छ र तपाईंको शरीरबाट राम्रो सुगन्ध आउँछ । अन्डर आम्र्समा टाल्क र अरोमा ओयल पनि प्रयोग गर्न सकिन्छ । डयोडरेन्ट राम्रो क्वालिटीको प्रयोग गर्नुपर्छ । यसलाई सिधा प्रयोग गर्दा पसिनासित मिसिएर काखीको छालालाई कालो बनाउँछ । दुर्गन्धबाट बच्नका लागि गुलाबजलले नुहाउनुपर्छ । नुहाउने पानीमा गुलाबको फूल प्रयोग गर्नु उचित हुन्छ । यसबाट सारा दिन शरीर सुगन्धित भैरहन्छ । 

 Image