बोलचाल एवं आनीबानीलाई व्यक्तित्वको ऐना मानिन्छ । यसले व्यक्तित्वमा निखार मात्र ल्याउदैन आत्मविश्वास तथा निर्णय क्षमताको समेत बिकास गराउछ । गफ गर्ने शैली एक महत्वपुर्ण सम्वाद कला हो । मानिसको हाउभाउले अघिल्तिरको मानिसको मन जित्न सफल हुन्छ । पहिलो उसको प्रभावले उसलाइ सबैले पछिसम्म पहिचान गर्न सक्छ । तसर्थ कार्यस्थलमा हाउभाउको निकै महत्व हुने भएकाले यसलाई नियन्त्रित एवं सन्तुलित बनाउनुपर्छ । आफनो कार्यक्षेत्रमा आफनो प्रभाव जनाउन केही कामकुरामा बिचार पुर्याउनु पर्ने हुन्छ ।
आफु बोस भए
कर्मचारीहरुमा आफ्नो प्रभाव छाड्नका लागि बोसको हाउभाउ सही हुनु पर्छ ।
मिटिगंको समयमा
- कर्मचारीहरुसंग कुराकानी गर्दा आखामा आखा जुधाएर गर्नुपर्छ । यसले आफ्नो आत्मविश्वास बढाउछ । यसले कर्मचारीहरुको रुची पनि बढाउछ । यसो गर्दा कर्मचारीहरुले आफनो कुरा राम्ररी सुन्छन् ।
- हात बाधेर होइन खोलेर बस्नुपर्छ ।
- स्टाफहरुसंग हासेर कुराकानी गर्नुपर्छ ।
- आफना कुराहरु रोचक बनाएर पस्किनुपर्छ । कर्मचारीहरुको रुची तथा उत्साहलाइ बनाएर राख्नुपर्छ ।
सामान्य मिटिङमा
- हाथ टेबलमा राख्नु हुदैन ।
- स्टाफहरुसंग हासेर कुराकानी गर्नुपर्छ ।
- बढी गम्भीर भएर बस्नु हुदैन । स्टाफहरुको कुरामा सहमती भए त्यसलाई जनाउनुपर्छ ।
- कर्मचारी भए
- मिटिङमा कर्मचारीहरुको बानीव्यहोराको जाच हुन्छ । यसले बोसलाई प्रभावित गराउन सकिन्छ । यसका लागि हाउभाउले निकै ठूलो भुमिका खेलेको हुन्छ ।
- मिटिङमा कहिले पनि सुस्त मुद्रामा बस्नुहुदैन ।
- उपरखुट्टी लगाएर बस्नु हुदैन ।
- बोससंग कुरा गर्दा आखा जुधाएर कुरा गर्नुपर्छ ।
- हातलाइ काखमा राख्नुपर्छ ।
- प्यानल कुराकानीको समयमा
- आफनो अनुहारको हाउभाउलाइ नियन्त्रणमा लिनु पर्छ । आवश्यक पर्दा मात्र हास्नु पर्छ ।
- ग्रुप लिडर भए आफनो हात टेवलमा राख्नु पर्छ । यसो गर्दा कनिष्ठहरको ध्यान आफुतिर तानिन्छ ।
- आफु कनिष्ट भए हात टेबलमा राख्नबाट बच्नुपर्छ ।
- मिटिङको समयमा ठूलो ठूलो स्वरले कुराकानी गर्नु हुदैन ।
- अफिसको पार्टी या डिनरको समयमा
- हाउभाउले व्यक्तित्व एवं आचरण दर्शाउछ ।
- आफनो बोससंग दुरी बनाउनु पर्छ ।
- आफनो नराम्रोबानीलाइ काबुमा राख्नुपर्छ ।
- कसैलाइ पनि रुखो शब्दले सम्बोधन गर्नु हुदैन ।
- खाना खादा आवाज ननिकाली थोरै मात्र खानुपर्छ ।
पुजा जोशी
२९ वर्षकी पुजा जोशी , सौन्दय पेशामा आवद्ध छिन । उनीएक सौन्दर्य कमी मात्र होइन फेशन कन्सियस पनि उत्तिकै छिन । क्याजुल तथा स्मार्ट देखिने समय अनुसारको पहिरन मन पर्छ । फिटनेश कक्षा , पानी पिउने , ब्राण्डेड कस्मेटिकको प्रयोग , तनाव मुक्त हुने , सकारात्मक सोच लिने । गोल्ड लगाउदिन घडि तथा हातमा रिंग स्टोन जडको लगाउन मनपर्छ । चश्मा लगाउछु । रेवन , गुची , जुत्ता गन्न पर्छ , व्याग , प्राडा , लुगा ब्राण्डेड सजिला तथा थाइल्याण्ड भारत दिल्ली , मनपरयो भने हुदैन । पिपल्स प्लाजा तथा सिभील मल । उत्तम बनेपाली ,