सौन्दर्य टिप्स
अहिले बजारमा विभिन्न कम्पनी तथा फ्रुट्सका मोइस्चराइजर उपलब्ध हुन्छन् जसमध्ये आफ्नो छालासँग मेल खाने मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

लक्ष्मी ठाकुर: लक्ष्मी हेयर एण्ड व्युटी स्टुडियो,
महराजगंज र कोटेश्वर भाटभटेनी
–युवतीहरुको अहिले चलेको हेयर स्टाइल लङमा ग्रयाजुएसन र ए लाइन बब हुन ।
–ग्रयाजुएसन कट क्लासिक लुक्स दिने प्रोफेसनल स्टाइलका रुपमा पनि लिइन्छ ।
–ग्रयाजुएसन कट ओभल तथा चौडा आकारका अनुहारका लागि उपयुक्त कट मानिन्छ ।
–ए लाइन बब कट अहिलेका किशोरीहरुको लोकप्रिय कट हो ।
–बब कटले यूनिक तथा आरादायी पनि महसुस गराउँछ ।
–ग्रयाजुएसन हेयर स्टाइलमा अन्य चार विभिन्न स्टाइल सृजना गर्न सकिन्छ ।
–आफ्नो पहिरन, फेस कट र अवस्था अनुसार परिवर्तन गर्न सकिन्छ ।
–अहिले नेपाली फेसन स्टाइलमा चलेका लेडिज हेयर कट आम युवतीको रुचाइएको स्टाइल हो ।