चश्माको स्याहार कसरी गर्ने ?
चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्सले भुइँ छुने गरी होइन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउँदा धमिलो देखिन्छ ।
हेयर केयर
पवि गुरुङ, सौन्दर्यकर्मी, सनसाइन ब्युटी होम, बगर, पोखरा
–जाडोमा छाला सुख्खा हुने हुँदा केश पनि सुख्खा हुने समस्या देखिन्छ ।
–जाडोमा कतिपयको टाउकोमा चायाँ पर्छ ।
–यस्तो सुख्खापनबाट जोगिन हप्तामा एकपटक मनतातो तेलले मसाज गराउनुपर्छ ।
–केशलाई विभिन्न समस्याबाट जोगाउन धेरै तातोपानीले नुहाउनु हुँदैन । तातोपानीले केश सुख्खा हुने तथा हाँगा फाट्ने समस्या उत्पन्न हुनसक्छ ।
–महिनामा दुईपटक हेयर ट्रिटमेन्ट गराउनुपर्छ ।