विद्यार्थी भर्ना गर्दा ध्यान दिऔं
–विद्यार्थी र अभिभावक दुबैका लागी कहां र कस्तो वातावरणयुक्त कलेज भर्नाका लागी उपयुक्त हुन्छन् अन्यौलको बिषय हुनसक्छ ।

रुघाखोकीलाई प्राय: मानिसले गम्भीरतापूर्वक लिँदैनन् र लापरबाही गर्छन् । यद्यपि यही समस्या बढेर खतरनाकसमेत हुनसक्छ । त्यसैले समयमै सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
लक्षण
बन्द वा बग्दो नाक ।
हाछ्युँ आउनु ।
घााटीमा पीडा ।
हल्का ज्वरो ।
जिउ र शिरमा पीडा ।
भोकको कमी ।
अनिद्रा एवं बेचैनी ।
कारण
तारेको वा भुटेको खाना बढी खानु ।
कोल्ड ड्रिङ्क्स पिउनु ।
मौसममा परिवर्तन पनि कफ, कोल्ड हुनुको एउटा कारण हो ।
भोजन सही ढंगले नपचेको स्थितिमा त्यो म्युकस टक्सिनमा परिवर्तन हुन्छ र श्वासतन्त्रमा पुगेर कफ उत्पन्न गर्छ ।
चिसो हावामा घुम्नु वा पानीमा भिज्नु पनि रुघाको कारण बन्छ ।