पुरुषका लागि छालाको हेरचाह
हप्तामा एकपटक छालालाई स्क्रब गरेर मृतकोशिका हटाउनुपर्छ । यसले छाला मुलायम तथा सुन्दर बनाउँछ । घाममा निस्कनुभन्दा पहिले अनुहारमा सनस्किन क्रिम लगाउनुफर्छ । घाममा बढी बस्दा समय–समयमा सनस्क्रिन त्रिम लगाउनुपर्छ ।
केशको साजसज्जामा पुरुषको भन्दा महिलाको हात छिटो चल्न सक्छ किनभने उनीहरू केशको सौन्दर्यमा बढी सचेत हुन्छन् । रचनात्मक क्षमता भएकाले यो क्षेत्रमा करियर बनाउन सक्छन् । हेयर डिजाइनर बन्न केशको प्रकृति, बनोटदेखि यसको सौन्दर्यसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान हुनुपर्छ । हेयर मेकअप, कटिङ, वेल मसाज, सेटिङ, हाइलाइट, कलरिङ आदिमा पोख्त हुनुपर्छ । केश शृंगारमा आवश्यक सम्पूर्ण सीप आर्जन गरिसकेपछि आफैले पार्लर सञ्चालन गरेर आय आर्जन गर्न सकिन्छ । यस किसिमको जनशक्ति स्वदेशी तथा विदेशी बजारमा पनि राम्रै खपत हुने गरेको छ । काठमाडौंलगायतका सहरमा हेयर डिजाइनसम्बन्धी छोटो तथा लामो अवधिको कोर्स गर्न सकिन्छ ।