Successfully Copied

ककटेल ग्रेप

ककटेल पार्टीमा जानु छ भने यो लुक अपनाउनुपर्छ । अनुहारमा टिन्टेड मोइस्चराइजर लगाउनुपर्छ।

मेकअप : ककटेल पार्टीमा जानु छ भने यो लुक अपनाउनुपर्छ । अनुहारमा टिन्टेड मोइस्चराइजर लगाउनुपर्छ । गालालाई हाइलाइट गर्न पिच सेडको ब्लसर लगाउनुपर्छ । गालाको हड्डीमा सिल्भर इलिमुनेटिङ डस्ट पाउडर लगाई ठीक तरिकाले ब्लेन्ड गर्नुपर्छ । परेलामा सिमरी पर्ल ग्रीन आइस्याडो लगाउनुपर्छ । आँखाको भित्री कुनामा ब्रसले ग्रिन स्याडोको टच दिनुपर्छ । ब्ल्याक लिक्विड आइलाइनरबाट आँखालाई विङ्ग्ड लुक प्रदान गर्नुपर्छ । तल्लो परेलानजिक सिल्भर ह्वाइट आई पेन्सिलबाट पातलो रेखा कोर्नुपर्छ । रोजी पिन्क क्रिम बेस्ड लिपिस्टिक लगाउनुपर्छ । माथिबाट क्लेयर ग्लस लगाएर रेट्रो वन हेयर स्टाइल अपनाउनुपर्छ ।

पहिरन : बिन्दास लुकको चाहना भए ग्रेप कलरको आउटफिट्स सबैभन्दा उपयुक्त हुन्छ । अत्यन्त एलिगेन्ट देखिने यो कलर ककटेल पार्टीका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । यसमा सिल्कको ग्रिन कलर्ड सर्ट ड्रेस लगाउनुपर्छ । ड्रेसका साथमा ग्रेप र ग्रे कलरको कम्बिनेसनयुक्त स्ट्रेपी वेज वा ह्वाइ पिपटोज सुट गर्छ । ग्रेप कलरको स्मार्ट ब्याग बोक्नुपर्छ । गोल्डेन वा क्रिम कलरको इम्ब्रोइडरीयुक्त क्लच पनि बोक्न सकिन्छ । यो लुकका साथमा गोल्डन  गहना सुहाउँछ भने ट्राइबल  गहना पनि उपयुक्त हुन्छ ।

 

 Image