Successfully Copied

आँखाको सुरक्षा

कम्युटरको माथिल्लो हिस्सा आँखाको तह बराबरको उचाइमा हुनुपर्छ । जसले गर्दा कम्मर र गर्धनमा दबाब पर्दैन । कम्प्युटर र आँखाबीचको दूरी कम्तीमा एक मिटर हुनुपर्छ ।

आँखाको सुरक्षा

  • कम्युटरको माथिल्लो हिस्सा आँखाको तह बराबरको उचाइमा हुनुपर्छ । जसले गर्दा कम्मर र गर्धनमा दबाब पर्दैन । 
  • कम्प्युटर र आँखाबीचको दूरी कम्तीमा एक मिटर हुनुपर्छ ।
  • कम्प्युटरमा काम गर्दा अक्षरको साइज केही ठूलो हुनुपर्छ जसले आँखालाई अनावश्यक दबाब दिँदैन ।
  • कम्प्युटरको मनिटरमा लगातार आँखा पार्नु हुँदैन । कम्प्युटर र ल्यापटपलाई मनोरञ्जनको साधन बनाउनुभन्दा आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ । हरेक क्षण यसैमा झुन्डिएर बस्नुहुँदैन ।
  • विकल्पका रूपमा पुस्तकलाई आफ्नो मित्र बनाउनु उत्तम हुन्छ ।
  • हरेक क्षण च्याट गर्दा वा आफूलाई अनलाइन राखिरहँदा रोगबाट ग्रस्त भइन्छ । 
  • चिकित्सकको सल्लाहअनुसार आँखामा आइड्रप राखिरहनुपर्छ जसले आँखाको क्लिनिङमा मद्दत पुर्‍याउँछ ।
  • अनिद्राका कारण आँखाको तल्लो भागमा कालो घेरा बस्दै जान्छ । यसबाट जोगिन कम्तीमा ६ देखि ८ घण्टा सुत्नु आवश्यक छ । 

     

 Image