साङ्ला भगाउने घरेलु विधि
तेजपात जहाँ पनि पाइने वनस्पति हो । तेजपातको गन्ध भएको ठाउँमा साङ्ला आउँदैन । साङ्ला धेरै बस्ने स्थानमा तेजपात राखिदिनुपर्छ । यसको बास्ना धेरै दिनसम्म नरहने हुँदा समय–समयमा परिर्वतन गरिरहनुपर्छ ।

कामकाजी महिलाका लागी पहिरन
बानी नभएका कामकाजी महिलाहरूलाई दिनभरि साडी लगाउन गार्हो हुन्छ । तसर्थ उनीहरूले सजिलो हुने लेहेंगा तथा फिक्स साडी लगाउन सक्छन् । साडीबाहेक लेहेंगा पनि राम्रो देखिन्छ । लेहेंगा र साडीभन्दा पनि पञ्जाबी कुर्ता–सुरुवाल उपयुक्त पहिरन हो । गलामा भरिएका पञ्जाबी कुर्ता–सुरुवालले फेस्टिब लुक्स दिन्छन् भने लगाउँदा सहज पनि हुन्छ । कर्पोरेट अफिसियलहरुले सुट, जिन्स टिसर्टमा ब्लेजर,एलिगेन्स स्कर्ट लगाउंदा राम्रो देखिन्छ ।