कब्जियतबाट छुटकारा
जाडो मौसम भएकाले यतिबेला धेरैले पानी तथा झोल कुरा कमै मात्रामा खान्छन् । यसले गर्दा धेरैलाई कब्जियत हुन सक्छ । कब्जियतबाट जोगिन हरियो सागपात, सलाद तथा रेसादार खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।
जिन्सको छनोट कसरी गर्ने ?
–कम्मर मोटो र हिप्स हेभी छ भने लो टु मिड वेस्ट जिन्स उपयुक्त हुन्छ । यसमा कम्मर तथा हिप्स दुवै कम चौडा देखिन्छ । पेट ठूलो छ भने पनि जिन्स लगाउन सकिन्छ ।
–खुट्टा मोटो छ भने बुट–कट जिन्स प्रयोग गर्न सकिन्छ । यो जिन्स माथिबाट फिट र तलबाट लुज र हल्का चौडा हुन्छ । जसमा मोटो खुट्टालाई परफेक्ट आकार प्राप्त हुन्छ । हेभी हिप्स भएका महिलाले पनि बुट–कट जिन्स लगाउन सक्छन् ।
–मोटोपनका कारण स्किनी जिन्स लगाउन सकिन्छ भने स्ट्रेट लेग जिन्स प्रयोग गर्न सकिन्छ । यो जिन्स हेभी शरीर भएका महिलाहरूलाई बढी सुहाउँछ ।