बाथ रोगका मुख्य लक्षण
हातखुट्टाका औंलाहरू दुख्ने–सुन्निने ।
बिहान उठ्ने बेलामा हातखुट्टा दुख्ने, अररो र कक्रक्क हुने ।
खुट्टाका बुढीऔंला, गोलीगाँठा र अन्य जोर्नीहरू टन्किएर दुख्ने–सुन्निने ।
हड्डी खिइने, घुँडा दुख्ने र सुन्निने ।
ढाड, कम्मर दुख्ने, जिउ गल्ने तथा थकाइ लाग्ने ।
पिँडौला, कुर्कुच्चा र पैताला पोल्ने, कटकट खाने तथा नसा झमझम गर्ने ।
छालामा घाउ–खटिरा आउने, नीला–नीला डाम देखा पर्ने ।
पानीमा काम गर्दा छालाको रंग रातो–नीलो हुने ।
ज्वरो आउने, केश झर्ने, मुखमा घाउ हुने, मुटु काम्ने
गर्भ तुहिने, खकारमा रगत देखापर्ने, श्वास–प्रश्वासमा गार्ह्रो हुने आदि ।