Successfully Copied

जाडोमा मुहारको चमक

–राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा हात–खुट्टामा दल्नुपर्छ । –बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । –केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार

जाडोमा मुहारको चमक 

–राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा हात–खुट्टामा दल्नुपर्छ । 

–बदाम, बटर र चन्दन पाउडर मिसाएर प्याकका रूपमा लगाउनुपर्छ । 

–केही बदाम भिजाएर बोक्रा निकाली त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक चम्चा सुन्तला र गाजरको रस तथा दूध मिसाउनुपर्छ । यसलाई मुहार एवं गर्दनमा प्रयोग गर्न सकिन्छ ।

–जाडोमा छालाको सफाइमा त्यति ध्यान जाँदैन जति गर्मीमा जान्छ । क्लिन्जिङ गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । सकेसम्म हर्बल प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडोमा छालाका लागि भिटामिन इ ओओयल तथा अरोमेटिक ओओयल लाभदायक हुन्छन् । यसबाहेक निम्न घरेलु उपाय पनि अपनाउन सकिन्छ । 

–ग्लिसरिन, हनी र बटर मिसाएर लोसनका रूपमा प्रयोग गर्नुपर्छ । 

–महमा पर्याप्त मोइस्चराइजर हुन्छ । मह रुखो छालाका लागि वरदान साबित हुन्छ । फेसप्याक बनाउँदा वा मालिस गर्दा एक चम्चा मह मिसाए छालामा चमक आउँछ । 

–एउटा सानो चम्चा दूध पाउडर, एक चम्चा बेसन तथा दुई चम्चा गुलाबजल मिसाएर मुहारमा लगाई सुकेपछि पखाल्नुपर्छ । 

–एउटा सानो चम्चा मह, दुई चम्चा बेसन, एक चम्चा दूधको तर मिसाएर  प्रयोग गर्दा छाला कोमल एवं नरम रहन्छ ।

 Image