Successfully Copied

जाडोमा छालाको हेरचाह

जाडो मौसममा छाला सुख्खा हुने तथा फुट्ने समस्या देखापर्छ । यस्तो बेला रासायनिक औषधिभन्दा प्राकृतिक घरेलु उपचार विधिमा केन्द्रित रहँदा पैसाको बचत मात्र होइन रसायनको पाश्र्वप्रभावबाट समेत जोगिन सकिन्छ ।

जाडोमा छालाको हेरचाह 

समिता धुुजू, ब्युटिसियन, समा ब्युटी आर्ट एण्ड ट्ेरनिङ स्कुल सूर्यविनायक, भक्तपुर

जाडो मौसममा छाला सुख्खा हुने तथा फुट्ने समस्या देखापर्छ ।

यस्तो बेला रासायनिक औषधिभन्दा प्राकृतिक घरेलु उपचार विधिमा केन्द्रित रहँदा पैसाको बचत मात्र होइन रसायनको पाश्र्वप्रभावबाट समेत जोगिन सकिन्छ ।

यो मौसममा घरेलु सामग्रीबाटै छालाको स्क्रविङ गर्नुपर्छ । घिउकुमारी एवं चिनीको मिश्रणबाट तयार पारिएको स्क्रबद्वारा मसाज गर्दा छाला मुलायम हुन्छ ।

दैनिक २० मिनेट बटर र ग्लिसरिनयुक्त प्याक लगाउँदा छाला नरम एवं चम्किलो देखिन्छ ।

ओठ फुटेको छ भने बोरिक एसिड क्रिम वरिपरि फिजाउँदै हल्का मसाज गरी टिस्युपेपरले पुछेर राम्रो ब्रान्डको लिप बाम लगाउनुपर्छ ।

हातखुट्टा फुटे बेलुका सुत्नुअघि ग्लिसरिन, कागती, नुन र टोनर मिसाई तयार पारिएको प्याक लगाउनुपर्छ । राति सुत्दा खुट्टामा मोजा र हातमा पातलो पन्जा लगाउँदा छाला नरम रहन्छ ।

 

 Image