नीता संगत, सञ्चालक, एन. एस. कस्मेटिक्स, तेञ्जिङ चोक कपन (तयार)
–पर्वका अवसरमा सबै रातोपिरो देखिन मन पराउँछन् । कलर कस्मेटिक्सले यो चाहना पूरा गर्छ ।
–चाडपर्वमा उज्याला रंगका पहिरन लगाइने भएकाले सौन्दर्य प्रसाधन पनि सोहीअनुरूप खरिद गर्नुपर्छ ।
–कलर कस्मेटिक्स किन्दा रंग, गुणस्तर एवं ब्रान्डमा विशेष ध्यान पुर्याउनुपर्छ ।
–खरिद गर्नुपूर्व सकेसम्म आफूले किन्न लागेको कस्मेटिक्स वा ब्रान्डका बारेमा इन्टरनेटमार्फत जानकारी लिँदा धेरै कुरा थाहा पाउन सकिन्छ ।
–कतिपय कलर कस्मेटिक्स हेर्दा आकर्षक देखिए पनि मिति नाघेका, गुणस्तरहीन रंग प्रयोग गरिएका हुने हुँदा विशेष सावधानी अपनाउनुपर्छ ।
–कतिपयलाई कलरफुल सौन्दर्य प्रसाधनले एलर्जी हुने, बिमिरा निस्कने समस्या दिन्छ । यस्तो अवस्थामा विशेषज्ञको सल्लाहअनुरूप सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ ।