Successfully Copied

मासु पकाउँदा

–मासुमा मात्राअनुसार ठिक्क नुन, तेल तथा मसला हाल्नुपर्छ । –तास वा पक्कु बनाउँदा फल मासुलाई अघिल्लो दिन अदुवा, लसुन, अलिकति जाइफल, हिङ आदि सँग मोलेर फ्रिजमा राख्नुपर्छ । यसलाई भोलिपल्ट तावामा फ्राई वा कसांैडीमा सानो आँचमा पकाउन सकिन्छ ।

अमृत न्यौपाने, भेटघाट तास एण्ड सेकुवा अनामनगर (तयार)

–दसैंमा मासु पकाउँदा कतिले मीठो बनाउने ध्याउन्नमा मासुको मात्राभन्दा मसला बढी हालेर खानै नहुने बनाउँछन् ।

–मासुमा मात्राअनुसार ठिक्क नुन, तेल तथा मसला हाल्नुपर्छ ।

–तास वा पक्कु बनाउँदा फल मासुलाई अघिल्लो दिन अदुवा, लसुन, अलिकति जाइफल, हिङ आदि सँग मोलेर फ्रिजमा राख्नुपर्छ । यसलाई भोलिपल्ट तावामा फ्राई वा कसांैडीमा सानो आँचमा पकाउन सकिन्छ ।

–खसीको सुप बनाउँदा बाक्लो ढलौटको कसौंडीमा हड्डीका टुक्रा हालेर धेरैबेरसम्म पकाउनुपर्छ अनि मज्जाले पाकिसकेपछि मात्र रस हालेर उमाल्नुपर्छ ।

–मासुलाई राम्रोसँग पाक्ने गरी तयार पार्न आगोको आँच कम गरी निरन्तर चलाइरहनुपर्छ । पाकिसकेपछि नुन हाल्दा मासु अझ स्वादिष्ट हुन्छ ।  

 

 Image