स्वस्थ छातीका लागि
बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ ।
अमृत न्यौपाने, भेटघाट तास एण्ड सेकुवा अनामनगर (तयार)
–दसैंमा मासु पकाउँदा कतिले मीठो बनाउने ध्याउन्नमा मासुको मात्राभन्दा मसला बढी हालेर खानै नहुने बनाउँछन् ।
–मासुमा मात्राअनुसार ठिक्क नुन, तेल तथा मसला हाल्नुपर्छ ।
–तास वा पक्कु बनाउँदा फल मासुलाई अघिल्लो दिन अदुवा, लसुन, अलिकति जाइफल, हिङ आदि सँग मोलेर फ्रिजमा राख्नुपर्छ । यसलाई भोलिपल्ट तावामा फ्राई वा कसांैडीमा सानो आँचमा पकाउन सकिन्छ ।
–खसीको सुप बनाउँदा बाक्लो ढलौटको कसौंडीमा हड्डीका टुक्रा हालेर धेरैबेरसम्म पकाउनुपर्छ अनि मज्जाले पाकिसकेपछि मात्र रस हालेर उमाल्नुपर्छ ।
–मासुलाई राम्रोसँग पाक्ने गरी तयार पार्न आगोको आँच कम गरी निरन्तर चलाइरहनुपर्छ । पाकिसकेपछि नुन हाल्दा मासु अझ स्वादिष्ट हुन्छ ।