सौन्दर्य टिप्स
अहिले बजारमा विभिन्न कम्पनी तथा फ्रुट्सका मोइस्चराइजर उपलब्ध हुन्छन् जसमध्ये आफ्नो छालासँग मेल खाने मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
रीता थापा, फेसन डिजाइनर
–पर्वका अवसरमा हेभी इम्ब्रोइडरी गरिएका पहिरन लगाउनु उपयुक्त हुँदैन ।
–भरेका, हेभी इम्ब्रोइडरीयुक्त पहिरन एक त क्यारी गर्न सकिँदैन भने अर्कातर्फ महँगो पनि हुने भएकाले बिग्रने डर हुन्छ ।
–यस्ता अवसरमा सकेसम्म हल्का कडाइ गरिएका पहिरन लगाउँदा छरितो देखिनुका साथै भान्सामै बसे पनि आगोले छिटो टिप्दैन ।
–विशेष अवसरमा लङ कुर्तीसँग प्लाजो लगाउँदा एलिगेन्ट लुक्स आउँछ ।
–चाडपर्वमा हरेक पहिरन रातै मात्र लगाउनुपर्छ भन्ने छैन । रेड कलरसँग ब्लु, अरेन्ज, प्यारोट ग्रिन, रानी तथा एल्लो कलर कम्बिनेसन सुन्दर देखिन्छ ।
–यस्ता पहिरनमा हल्का ज्वेलरी म्याचिङ गर्न सकिन्छ ।