Successfully Copied

आँखाको सुरक्षा

कम्युटरको माथिल्लो हिस्सा आँखाको तह बराबरको उचाइमा हुनुपर्छ । जसले गर्दा कम्मर र गर्धनमा दबाब पर्दैन । कम्प्युटर र आँखाबीचको दूरी कम्तीमा एक मिटर हुनुपर्छ । कम्प्युटरमा काम गर्दा अक्षरको साइज केही ठूलो हुनुपर्छ जसले आँखालाई अनावश्यक दबाब दिँदैन । कम्प्युटरको मनिटरमा लगातार आँखा पार्नु

कम्युटरको माथिल्लो हिस्सा आँखाको तह बराबरको उचाइमा हुनुपर्छ । जसले गर्दा कम्मर र गर्धनमा दबाब पर्दैन । 

कम्प्युटर र आँखाबीचको दूरी कम्तीमा एक मिटर हुनुपर्छ ।

कम्प्युटरमा काम गर्दा अक्षरको साइज केही ठूलो हुनुपर्छ जसले आँखालाई अनावश्यक दबाब दिँदैन ।

कम्प्युटरको मनिटरमा लगातार आँखा पार्नु हुँदैन । कम्प्युटर र ल्यापटपलाई मनोरञ्जनको साधन बनाउनुभन्दा आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ । हरेक क्षण यसैमा झुन्डिएर बस्नुहुँदैन ।

विकल्पका रूपमा पुस्तकलाई आफ्नो मित्र बनाउनु उत्तम हुन्छ ।

हरेक क्षण च्याट गर्दा वा आफूलाई अनलाइन राखिरहँदा रोगबाट ग्रस्त भइन्छ । 

चिकित्सकको सल्लाहअनुसार आँखामा आइड्रप राखिरहनुपर्छ जसले आँखाको क्लिनिङमा मद्दत पुर्‍याउँछ ।

अनिद्राका कारण आँखाको तल्लो भागमा कालो घेरा बस्दै जान्छ । यसबाट जोगिन कम्तीमा ६ देखि ८ घण्टा सुत्नु आवश्यक छ । 

 

 Image