Successfully Copied

मौसम परिवर्तनका बेला

मौसम परिवर्तनसँगै छालाले पूर्णरूपमा ताजा हावा प्राप्त गरिरहेको हुन्छ । नगरेको भए त्यसका लागि प्रयास गर्नुपर्छ । विभिन्न प्रसाधन प्रयोग गर्दैमा सौन्दर्यमा निखार आउने होइन । सौन्दर्य कायम राख्न मौसमअनुसारका तरकारी, फलफूल आदिको सेवन उत्तिकै आवश्यक हुन्छ । मौसम परिवर्तन हुने बेला भिटामिन सीको

मौसम परिवर्तनका बेला 

मौसम परिवर्तनसँगै छालाले पूर्णरूपमा ताजा हावा प्राप्त गरिरहेको हुन्छ । नगरेको भए त्यसका लागि प्रयास गर्नुपर्छ ।

विभिन्न प्रसाधन प्रयोग गर्दैमा सौन्दर्यमा निखार आउने होइन । सौन्दर्य कायम राख्न मौसमअनुसारका तरकारी, फलफूल आदिको सेवन उत्तिकै आवश्यक हुन्छ । मौसम परिवर्तन हुने बेला भिटामिन सीको प्रयोग बढाउनुपर्छ । भिटामिन सीले शरीरको रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ ।

नियमित व्यायाम गर्दा तनाव कम हुनुका साथै दिनभरि नै शारीरिक फुर्ती प्राप्त हुन्छ ।

हातको सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ किनभने कुनै पनि बिरामीको पहिलो कारण हात हो । हातमा ब्याक्टेरियाको संक्रमण भैरहने हुनाले हात धुनु भनेको धेरै रोगबाट बच्नु हो ।

अनुहारलाई प्रशस्त पोषणतत्व दिइरहनुपर्छ जसले छालालाई सुख्खा हुन दिँदैन र त्यसको सुन्दरता जोगाइराख्छ ।

 

 Image