फिट्नेसका लागि
भारी तौल उठाउनुअघि मांसपेशीलाई सन्तुलित बनाउनुपर्छ । आफ्नो शरीर बनाउन राम्रो जिम छनौट गर्नुपर्छ, जहाँ दक्ष ट्रेनरका साथ कसरत गर्न सकिन्छ ।
सोफिया श्रेष्ठ, जिम इन्स्ट्रक्टर, गुड लाइफ फिटनेस सेन्टर मैतीदेवी
–फिटनेसका लागि क्लब जानुअघि दैनिक कति वर्कआउट गर्ने हो निक्र्योल गर्ने ।
–गर्भावस्थामा कडा जिम गर्नु हँुदैन ।
–दम, मुटुरोगी तथा युरिक एसिडका बिरामीले लाइट जिम गर्नुपर्छ ।
–जिमका लागि दैनिक दुई घन्टा समय उपयुक्त हुन्छ ।
–जिम गरिरहेको अवस्थामा खानपानमा विशेष ध्यान पुर्याउनुपर्छ । जंकफुडप्रति लोभिनु हुँदैन भने ताजा फलफूल एवं सागसब्जीमा जोड दिनुपर्छ । सकेसम्म उमालेको खाना खानु उपयुक्त हुन्छ ।