Successfully Copied

टीका

तिहारमा भाइटीकाको विशेष महत्व छ तर टीका बनाउने विधि एवं लगाउने तरिका थाहा नहुँदा आँखा, नाक तथा छालामा असर पुग्नसक्छ ।

टीका

शर्मिला मुनिकार, ब्युटिसियन, जस्मिन ब्युटिपार्लर वनस्थली

-तिहारमा भाइटीकाको विशेष महत्व छ तर टीका बनाउने विधि एवं लगाउने तरिका थाहा नहुँदा आँखा, नाक तथा छालामा असर पुग्नसक्छ ।

-तिहारको टीका तयार गर्दा सर्वप्रथम सेतो रंगमा ध्यान दिनुपर्छ । सेतो रंगका लागि कतिपयले चामलको पिठो प्रयोग गर्छन् तर यसका लागि मैदाको पिठोलाई ठिक्कको लेदो बनाउनु उपयुक्त हुन्छ ।

-भाइटीकामा चकमक प्रयोग नगरेकै राम्रो हुन्छ किनभने त्यसले आँखामा असर पुर्‍याउनसक्छ ।

-विशेषत: सप्तरंगी वा अन्य कुनै रंग खरिद गर्दा बालुवा र केमिकल नमिसिएको गुणस्तरयुक्त रंग छान्नुपर्छ अन्यथा छालामा एलर्जी हुनुका साथै घाउ-खटिरा निस्कने सम्भावना हुन्छ ।

-भाइटीका लगाउँदा सेतो रंगको आकार तथा लम्बाइअनुसार नदोहोरिने गरी त्यसमाथि अन्य रंग माथिदेखि तलतर्फ थप्दै जानुपर्छ । यसले गर्दा टीका लत्पतिने र रंग मिसिने समस्या हुँदैन ।

मिठाई

रचना अग्रवाल, गुलाब, सालिमार हस्पिटालिटी एण्ड फुड प्रा.लि., सुन्धारा

-    मिठाईलाई डिप फ्रिजमा भण्डारण गर्नुहुँदैन ।

-    केमिकल तथा रंग नमिसाइएका मिठाई खरिद गर्नुपर्छ ।

-    कतिपय पसलमा बासी तथा दुर्गन्धयुक्त मिठाई बिक्रीका लागि राखिएको पाइन्छ । त्यस्तो मिठाई खरिद गर्नुहुँदैन ।

-    मिठाई खरिद गर्दा गुणस्तर तथा ब्रान्डमा सचेत हुनु जरुरी छ किनभने यो हाम्रो स्वास्थ्यसँग जोडिएको विषय हो ।

-    घरमै मिठाई तयार गर्दा पनि हाइजिनको ख्याल राख्दै रंग तथा अन्य केमिकलको मात्रामा बढी संवेदनशील हुनुपर्छ । सकेसम्म मिठाई बासी नरहने गरी तयार गर्नुपर्छ ।

-    मिठाई खाँदा पनि उत्तिकै सतर्क हुनुपर्छ । सुगर भएकाहरूले सुगर फ्रि मिठाई खानुपर्छ भने उच्चरक्तचाप तथा मुटुका रोगीले बढी मिठाई खानु हुँदैन ।

हेयर स्टायल

रेसु ढकाल

-  पहिरनअनुरूप हेयरस्टायल बनाउनु उपयुक्त हुन्छ । साडीमा ब्याकसाइड जुरोले एलिगेन्स लुक्स दिन्छ ।

-  कुर्ता वा लेहेंगामा हाफ कर्ल वा अनुहारको बनोट सुहाउँदो स्टे्रट हेयरस्टायल आकर्षक देखिन्छ ।

-  युवतीहरूले कुर्तासुरुवालमा फ्रन्ट साइड हाफ पफ गरी ब्याक साइडमा हाफ कर्ली बनाएर छोडिदिनुपर्छ ।

-  वयस्क तथा पेसाकर्मी महिलाहरूले सर्ट हेयर अथवा लामो केश छ भने जुरोमा पर्ल राख्नु राम्रो देखिन्छ ।

-  टिनएजर्स तथा साना नानीहरूका लागि थाइकट, ब्वाइजकट, मसरुम कट, रिहान्ना कट तथा फिदरकटजस्ता हेयरस्टायल सुहाउँछन् ।

अर्गानिक स्किन केयर प्रयोग गर्दा

सचिन मुडभरी, सारा हर्बल प्रोडक्ट

-  स्किन केयर प्रोडक्टमा पानी पार्नु हुँदैन ।

-  ओसिलो तथा घाम पर्ने ठाउँमा राख्नु हुँदैन्ा ।

-  अरू क्रिमहरूसँग मिसाउनु हँँदैन ।

-  अर्गानिक उत्पादनलाई अर्गानिक उत्पादनसँगै मिसाउनुपर्छ ।

-  अर्गानिक उत्पादन रसायनरहित हुने भएकाले यसलाई सुरक्षित तवरले राख्नुपर्छ ।

-  यसको कुनै साइड इफेक्ट हुँदैन ।

-  यसले छालामा अक्सिजनको मात्रा बढाउँछ ।

-  यसले अनुहारको  छालाको कोषलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।

-  चाडपर्वको अवसरमा यसको फेसियल उपयोगी हुन्छ ।

 Image