Successfully Copied

द्वारिकाज होटलकी संस्थापक अम्बिकाको निधन

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो सयमदेखि आन्द्रामा देखिएको संक्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहान करिब ८ बजे निधन भएको हो ।


द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो सयमदेखि आन्द्रामा देखिएको संक्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहान करिब ८ बजे निधन भएको हो । उच्च स्रोतका अनुसार श्रेष्ठलाई पेटको आन्द्रामा गम्भीर प्रकारको संक्रमण देखिएको थियो । मेडिसिटी अस्पतालमा नै उनको लामो समयदेखि त्यसको उपचार पनि भइरहेको थियो । ‘उहाँको आन्द्रामा गम्भीर संक्रमण देखिएपछि त्यसको उपचार भइरहेको थियो,’ स्रोतले भन्यो, ‘सोही समस्याका कारण यसअघि पनि उहाँलाई धेरैपटक अस्पताल भर्ना गरिएको थियो । आन्द्राको संक्रमणसँगै पछिल्लो समय उनको स्वास्थ्यमा अन्य गम्भीर जटिलता पनि देखिएको थियो ।’ पटना विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण अम्बिकाले सप्तरीमा बडाहाकिम रहेका आफ्ना पति बिरामी भएपछि तीन वर्षमै उनले अमेरिकन लाइब्रेरीको आकर्षक जागिर छाडेकी थिइन् । घरबाहिर निस्कने पहिलो पुस्ताकी महिला अम्बिका र उनका श्रीमान मिलेर मुलुककै दोस्रो ट्राभल एजेन्सी काठमाडौं ट्राभल एन्ड टुर्स खोलेका थिए । अम्बिकाको ठूली छोरी संगीताले द्वारिकाज होटलको नेतृत्व गरेकी छन् भने कान्छी छोरी विनीता सपरिवार अमेरिकामा बस्दै आएकी छिन् । उनका १८ वर्षे छोराको भने मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । उनले ५० वर्षमा छोरा र ६० वर्षमा श्रीमान गुमाएकी थिइन् । काठमाडौं उपत्यकाको आर्किटेक्चरलाई पुनर्जागृत गर्दै द्वारिकाज होटलको परिकल्पना गरेका द्वारिकादास श्रेष्ठको सन् १९९२ फेब्रुअरी १० मा निधन भएको थियो ।

 Image