‘नेसनल म्युजिक अवार्डस’ सम्पन्न
नेपाली संगीत क्षेत्रका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान (लाइफटाइम अचिभमेन्ट) बाट सम्मान गरियो ।
पत्रकार अमृता लम्सालको दोस्रो पुस्तक ‘मिडिया, महिला र म’ लोकार्पण भएको छ । प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक कार्यक्रमकाबीच प्राध्यापकद्वय पी. खरेल र सुचेता प्याकुरेल तथा लेखककी आमा जयन्ती लम्सालले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।
कार्यक्रममा लेखक लम्सालले आफू क्यान्सरबाट पीडित भएका कारण पुस्तक प्रकाशनमा ढिलाइ भएको बताउ“दै क्यान्सर लाग्दा आफ्नो र परिवारको भन्दा प्रकाशनको तयारीमा रहेको पुस्तकको माया लागेको बताइन् । पुस्तकमा लेखकले आफ्नो तीस वर्षे लामो पत्रकारिता भोगाई र देखाईलाई चित्रण गरेकी छन् ।
लेखक लम्सालले पुस्तकमा २०४६ को जनआन्दोलनपछि आफैंले देखे भोगेका महिलाको हक–अधिकार, मिडियामा महिलाको सहभागिता, महिलाको मुद्दाका कुरा समेटेको बताइन् । पुस्तक अक्षर क्रिएसन्स नेपालले प्रकाशन गरेको हो । थियो । यस अघि लेखकको ‘हजुरआमाका कथा’ नामक पुस्तक सार्वजनिक भइसकेको छ ।