Successfully Copied

‘मानसिक स्वास्थ्य साक्षरता स्कुल तहसम्म लैजान आवश्यक’

‘गरीबी, अशिक्षा र वैदेशिक रोजगार जस्ता कारणले परिवारमा विखण्डन आएको छ । यही कारणले पनि आत्महत्यका घटना बढेको छ,’ ठगुन्नाले भने, ‘राज्यका नियकाले मानसिक स्वास्थ्यबारे समूदायलाई साक्षर बनाउनु पर्छ ।’


काठमाडौं– मानसिक स्वास्थ्य साक्षरता कार्यक्रम स्कुलतहसम्मै लैजानु पर्ने आवश्यकता मानसिक स्वास्थ्य विज्ञले औंल्याएका छन् । महिलाहरुले अगुवाइ गरेको संस्था अन्तरध्वनी नेपालले अन्तराष्ट्रिय रोकथाम दिवसमा आयोजना गरेको ‘आत्महत्यका रोकथाममा पत्रकारको भूमिका कार्यशालामा मनोचिकित्सक डा अजय रिसालले आत्महत्या प्रत्येक वर्ष बढ्दै गएकाले यसलाई रोक्न संचारमाध्यको भूमिका हुने बताए । ‘९५ प्रतिशत आत्महत्या मानसिक समस्याले गर्दा हुन्छ,’ रिसाले भने, ‘समाचार माध्यमले दिने कतिपय समाचारले पनि आत्महत्या फैलाई रहेको हुन्छ । त्यही भएर संचार माध्यम संवेदनशील हुनुपर्छ ।’ मनोविद् नरेन्द्रसिंह ठगुन्नाले मानसिक स्वास्थ्य साक्षरता नहुदा आत्महत्यको घटना बढेको बताए । 


‘गरीबी, अशिक्षा र वैदेशिक रोजगार जस्ता कारणले परिवारमा विखण्डन आएको छ । यही कारणले पनि आत्महत्यका घटना बढेको छ,’ ठगुन्नाले भने, ‘राज्यका नियकाले मानसिक स्वास्थ्यबारे समूदायलाई साक्षर बनाउनु पर्छ ।’ ठगुन्नाले आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिब ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताए । ‘उनीहरुको मनका भावना अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सके आत्महत्यका रोक्न सकिन्छ,’ ठगुन्नाले भने, ‘मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना ग¥यो भने आत्महत्यका रोक्न सकिन्छ ।’

अन्तरध्वनी नेपालकी अध्यक्ष जमुना शर्माले विश्वभर बढ्दै गएको यो समस्या रोक्न विद्यालय तहबाट मानसिक स्वास्थ्यबारे सचेत गारउनु पर्ने बताइन् । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष आत्महत्याका कारण आठ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने अनुमान छ । त्यसमध्ये १५ देखि २९ वर्षसम्मकाले बढी आत्महत्या गर्छन् । 

 Image