Successfully Copied

‘मिस्टर एण्ड मिस ब्लाइन्ड रकर्स’ सम्पन्न

यो वर्ष नेपाल, इरान, मलेसिया, अमेरिका, बेल्जियमलगायतका मुलुकका २० जना प्रतिस्पर्धी रहेका थिए ।



ब्लाइन्ड रक्सको आयोजनामा ‘मिस्टर एण्ड मिस ब्लाइन्ड रकर्स’ को चौथो सिजन सम्पन्न भएको छ । विगत चार वर्षदेखि आयोजना हुँदै आएको उक्त प्रतियोगिताले यो संस्करणसम्म आइपुग्दा अन्तर्राष्ट्रिय आकार लिएको हो । यो वर्ष नेपाल, इरान, मलेसिया, अमेरिका, बेल्जियमलगायतका मुलुकका २० जना प्रतिस्पर्धी रहेका थिए । यो प्रतियोगितामा इरानकी डारिया हुसेनीले तथा नेपालका सागर नेपालले विनरको ताज जित्न सफल भए ।


त्यसैगरी फस्ट रनरअपमा बाग्लुङकी मञ्जु अधिकारी तथा सेकेन्ड रनरअपको उपाधि गोरखाकी जानुका ढकालले हात पारे । मिस्टरतर्फको फस्ट रनरअपको उपाधि मलेसियाका रिसानले जिते भने सेकेन्ड रनरअपमा जुन शाक्यले उपाधि हासिल गरे ।


नेपालको पूर्व मेचीदेखि महाकालीसम्मका दृष्टिविहीनहरू सहभागी यस प्रतियोगिताको जुरीमा पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा, सुरजसिंह ठकुरी, नायिका सुरक्षा पन्त, अधिकारकर्मी डा.वीरेन्द्रराज पोखरेल रहेका थिए ।


ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीले यस्ता प्रतियोगिताले दृष्टिविहीनहरूलाई थप प्रोत्साहन प्रदान गर्नुका साथै आफूभित्रको क्षमता पहिचान गर्दै सशक्त बनाउने र आत्मविश्वासको विकास गराउने बताइन् । उनले भनिन्–केही गर्न सक्दैनन् भनिने दृष्टिविहीनहरूले जे पनि गरेर देखाउन सक्छन् भन्ने सकारात्मक सन्देश छर्नु पनि यो कार्यक्रमको अर्को उद्देश्य हो ।’

 Image