रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड सम्पन्न
पप सम्राट ओमविक्रम विष्टलाई रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड ’नेसनल म्युजिक अवार्ड्स–२०८०’मा दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरिएको छ ।

नया वर्षको पहिलो शनिबार दरबारमार्ग स्ट्रिट फेस्टिभल सम्पन्न भयो ।
१६औं दरबारमार्ग स्ट्रिट फेस्टिभलका कारण दरबारमार्ग रमझमपूर्ण र भीडभाड बन्यो । स्ट्रिट फेस्टिभलमा सहभागी हुन सडकमा धेरै संख्यामा भीड उपस्थित थिए ।
सडकमा विभिन्न नेपाली परिकारमात्र हैन मौलिक नेपाली संगीतको स्वाद लिएका थिए ।
स्ट्रिट फेस्टिभलमा धिमे बाजाको तालमा ‘बौचा मैचा’हरुको नृत्य पनि प्रस्तुत गरिएको थियो ।
फेस्टिभलमा स्वदेशीका साथै केही विदेशी पर्यटकहरु पनि उपस्थित थिए । फेस्टिभलको अर्को आकर्षण कन्सर्ट बनेको थियो ।
त्यहा“ दर्जनौं कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए ।