Successfully Copied

नेपालमा अन्तर्राष्ट्रिय हस्तकला मेला हुने

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको हस्तकला मेला हुने भएको छ । हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले नेपालको भृकुटीमण्डपमा मेला गर्न लागेको हो ।


नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको हस्तकला मेला हुने भएको छ । हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले नेपालको भृकुटीमण्डपमा मेला गर्न लागेको हो । मेला वैशाख आठदेखि १० गतेसम्म सञ्चालन हुनेछ । मेलाको मुख्य उद्देश्य नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याई आर्थिक समृद्धि गराउनु हो ।


नेपालका हस्तकलाअन्तर्गत पश्मिना, स्टोन, माला, क्यूरियाका सामानहरू, गलैंचा, गार्मेन्टका सामानहरू, हेम्प, सिसा पाइपहरू,नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेन्ड मेड पेपरहरू, खुकुरीहरू, पेपर प्याकेजहरू, नेपाली ढाका, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरूबाट उत्पादित वस्तु, जडीबुटी एवं सजावटका सामानहरू पर्छन् ।


पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र संस्कृति आदिविषयहरू पनि मेलामा राखिनेछ ।


अन्तर्राष्ट्रिय स्तरमा परिचित एवं बिक्री–वितरणका लागि पाँच सय जनाभन्दा बढी विदेशी व्यापारी तथा खरिदकर्ता आउने दाबी आयोजकको छ । मेलामा स्वदेशी तथा विदेशी गरी १ सय ७६ स्टल रहनेछन् । 

 Image