नीलमको 'नपल्टाएका पन्नाहरु' सार्वजनिक
टेलिभिजन रियालिटी शो पोएट आइडलको प्रथम संस्करणका विजेता नीलम गुरुङको कविता संग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2024/news/42123577718373968868073772279323099251218700n-1705823033.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2024/news/42123577718373968868073772279323099251218700n-1705823033.jpg&w=1000&height=600)
एनसेल आजियाटा लिमिटेडको मानव संशाधन विभागका प्रमुख तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव महिला सशक्तीकरणका लागि प्रविधिमा पहुँच बढाउन पर्नुपर्ने बताएका छन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ कार्यक्रममा मन्तव्य दिँदै श्रीवास्तवले हरेक क्षेत्रमा महिलाको समानुपातिक सहभागिताले मात्र महिला सशक्तीकरणमा सहयोग पुग्ने बताएका हुन् । उनले प्रविधिको प्रयोगले प्रणाली पारदर्शी हुने पनि बताए । उनले भने, 'प्रविधिको हस्तक्षेपसँगै प्रणालीमा पारदर्शीता हुन्छ । टेलिकम उद्योगमा महिलाहरूको न्यून सहभागिता छ भन्ने कुरा मिथ मात्र हो । महिला सहभागिता सन्तोषजनक नै छ । तर अझै पनि गर्नुपर्ने धेरै काम छ ।'
प्रमुख श्रीवास्तवले आफ्नो कम्पनीमा ३५ प्रतिशत कर्मचारी कम्पनीमा महिला रहेको पनि बताए । तीमध्ये धेरै इन्ट्री लेभलमा नभई माथिल्लो तहमा भएको उनले बताए । 'विभिन्न उमेर समूहका महिलाहरू काम गरिरहेका छन् । विभिन्न तहमा छन् । प्रविधिको हस्तक्षेपसँगै लैंगिक समानता पनि हुन जरुरी छ । हामी प्रतिस्पर्धामा विश्वास गर्छौं । जोसुकै पनि हाम्रो कम्पनीमा प्रतिस्पर्धा गर्न सक्छन् । इन्जिनियरिङदेखि प्रविधि विभागमा धेरै महिला हुनुहुन्छ,' उनले भने ।
श्रीवास्तवले विभिन्न संस्थाहरूसँग आफूहरूले सहकार्य गरिरहेको पनि बताए । 'हामीले समाजका प्रत्येक क्षेत्रका मानिसहरूलाई जोड्ने प्रयास गरेका छौँ । महिला सशक्तीकरणका लागि प्रविधिमा पहुँच बढाउनैपर्छ,' उनले भने